मलेसियामा हृदयाघात भएर मृत्यु

  प्रकाशित मिति
२३ मंसिर २०७४, शनिबार ०७:५६


ज्यामिरगढी । मलेसियाको कुन्ताङमा हृदयाघात भएर मेचीनगर–१५ ज्यामिरगढीका विनोद न्यौपानेको मृत्यु भएको छ ।

बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा सेक्युरिटी गार्डमा कार्यरत २४ बर्षीय बिनोदको यही मङ्सिर १७ गते आइतवार विहान मलेसियन समय अनुसार ३ बजेर ४१ मिनट जाँदा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

बिनोदका दाजु रोशन न्यौपानेका अनुसार ड्युटीमै बेहोश भएर लडेका बिनोदलाई उपचारका लागि तत्कालै नजिकको अस्पतालमा कम्पनीका बोसले नै पुर्याएका थिए ।

चिकित्सकको रिपोर्टमा बिनोदको सुगर र प्रेसर अचानक बढेको कारण हृदयाघात भएको र उपचारको क्रममा नै मृत्यु भएको जनाइएको छ ।

अत्यन्त मिलनसार र मृदुभाषी बिनोदको आकस्मिक निधनका कारण ज्यामिरगढीमा शोक छाएको छ ।

मृतकको शब बुधवार मध्यरातमा घर आइपुगेको थियो भने चुनावका दिन विहीवार विहान स्थानीय निन्दा नदीमा दाहसंस्कार गरिएको थियो ।

मृतकका बुवा धनबहादुर न्यौपाने, आमा दिलकुमारी न्यौपाने, दाजु रोशन न्यौपाने र दिदी रोजु न्यौपाने रहेका छन् ।
विर्तामोडको शेर्पा मेनपावर मार्फत विनोद मलेसिया पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: