मल्लीक केन्द्रीय सदस्यमा मनोनित

  प्रकाशित मिति
२३ फाल्गुन २०७६, शुक्रबार २०:०३


झापा । नेपाली काङ्ग्रेसले उपसभापति विजयकुमार गच्छदार समूहका ११ जना नेतालाई केन्द्रीय सदस्य बनाएको छ ।

तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट काङ्ग्रेसमा समाहित भएकाहरुलाई समेटेर सभापति शेरबहादुर देउवाले शुक्रबार केन्द्रीय सदस्य मनोनित गरेका हुन् ।

‘तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका एघार जनालाई काङ्ग्रेस केन्द्रीय समितिको सदस्यमा समायोजन गर्ने निर्णय भएअनुसार सभापतिले आज मनोनित गर्नु भएको हो,’ पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने ।

गच्छदार समूहलाई ११ केन्द्रीय सदस्य दिने निर्णय भएको पाँच महिनापछि सभापति देउवाले शुक्रबार केन्द्रीय सदस्य बनाएका हुन् ।

कैलालीका रामजनम चौधरी, सिराहाका नसिर सिद्धिकी, झापाका भारतेन्दुकुमार मल्लीक, सप्तरीका हेमराज तातेड, बर्दियाका गोपाल दहित, बर्दियाकै मंगलप्रसाद थारु, दाङका योगेन्द्र चौधरी, मोरङका हरिप्रसाद न्यौपाने, सुनसरीकी सुमित्रा थरुनी, सुनसरीकै कल्पना चौधरी र मोरङका पवनकुमार सारडा केन्द्रीय सदस्य भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: