महाअभियोग फिर्ता गर्न माग

  प्रकाशित मिति
१९ बैशाख २०७४, मंगलवार १७:१३


13 12 11

 

धुलाबारी । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिई न्यायालयको स्वतन्त्रतालाई सम्मान गर्न माग गर्दैै आज धुलाबारीमा विरुद्ध प्रदर्शन गरिएको छ ।

सनकका भरमा लगाएको महाअभियोगविरुद्ध धुलाबारीमा महिलाहरुको अगुवाईमा स्वतःस्फर्त रुपमा निस्किएको विरोध र्यालीमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

‘महाअभियोग फिर्ता गर, दृढ वन सुशीला, हामी तिम्रो साथमा छौँ, न्यायालयको सम्मान गर, प्रतिशोधपूर्ण महाअभियोग खारेज गर’जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर मेचीनगरको खुट्ेडाँगीबाट निकालिएको र्याली धुलाबारीमा मोडमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा समाजसेवी लता खरेल र रेणुका डाँगीले निर्भिक, निडर रुपमा न्याय सम्पादन गरिरहेकी प्रधानन्यायाधीश कार्कीमाथि लगाइएको महाअभियोग तत्काल फिर्ता नलिए पूर्वी नाकाबाट सुरु गरेको आन्दोलन पश्चिम महकालीसम्म पुर्याउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: