भद्रपुर । देवकोटा स्मारक संरक्षण समिति भद्रपुरले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जन्म जयन्तीमा आज साहित्यकार होम सुवेदी र विरही अधिकारीलाई सम्मान गरेको छ ।
मनोरथ स्मृति काव्य कृति पुरस्कारबाट नगद रु. २० हजार र सम्मान पत्रले साहित्यकार होम सुवेदीलाई पुरस्कृत गरिएको हो भने प्रत्येक बर्ष एक जना साहित्यिक स्रष्टालाई सम्मान गरिदै आएको सम्मानबाट साहित्यकार विरही अधिकारी सम्मानित भएका हुन् । दुबैलाई दोसला र सम्मान पत्रले सम्मान गरिएको थियो ।
विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार दाहालको प्रमुख आतिथ्यमा देवकोटा चोक भद्रपुर –९ मा आज विहान भएको कार्यक्रममा भाषाविद् चूडामणि रेग्मी, तारा विविध, पूर्व न्यायाधीश नन्दप्रसाद पौडेल, राजेन्द्र चापागाइँ लगायतले देवकोटाको कृतित्वका बारेमा चर्च गरेका थिए ।
कार्यक्रममा भद्रपुर –९ बाट एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल अर्पण थापा र आशिष ढकाललाई नगद रु.३ हजार ५ सयका दरले सम्मान गरिएको थियो ।
समितिका अध्यक्ष शम्भु ढकालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
…….