भद्रपुरलाई महानगर बनाउने प्रतिबद्धता

  प्रकाशित मिति
२४ असार २०७४, शनिबार १२:१२


chandra

भद्रपुर । भद्रपुर नगरपालिकाका नव निर्वाचित मेयर तथा उपमेयरले नगरको समुन्नतिका लागि आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

नेकपा एमाले भद्रपपुर नगर निर्वाचन कमिटीको आयोजनामा चन्द्रगढीमा सम्पन्न प्रतिबद्धता सार्वजनिक कार्यक्रममा मेयर जीवनकुमार श्रेष्ठ तथा उपमेयर चन्द्रामाया श्रेष्ठले घोषणा पत्र अनुसार काम गर्ने प्रतिबद्धता गरेका हुन् ।

कार्यक्रममा बोल्दै मेयर श्रेष्ठले हाम्रो भन्दा राम्रो पार्टी एमालेले नेतृत्व पाएको भद्रपुर नगरलाई सम्बृद्ध बनाउन इमान्दार भएर काम गर्ने बचन दिए । उनले गाउँ उन्मुख भद्रपुरलाई सम्बृद्ध नगर बनाउँदै महानगरको श्रेणीमा ल्याउने गरी काम गर्ने प्रतिबद्धता जाहेर गरे ।

यस्तै उपमेयर चन्द्रामाया श्रेष्ठले भद्रपुर नगरलाई महिलामैत्री बनाउँदै समानताका लागि प्रतिबद्धता व्यक्त गरिन् । उनले स्थानीय जनप्रशासनलाई चुस्त र दुरुस्त बनाएर नागरिकको सहज पहुँच विस्तारका लागि क्रियाशील रहने उल्लेख गरिन् ।

नगर निर्वाचन परिचालन कमिटीका संयोजक पुष्पराज पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा औचित्यमाथि प्रकाश पार्दै नगर अध्यक्ष ब्रम्मलाल ढुंगानाले नेकपा एमालेले बहुमत पाएकोले नगरको विकासमा सहजता आएको धारणा राखेका थिए । कार्यक्रममा नगर संयोजक अशारु राजवंशीले कर्मचारीतन्त्रमा रहेको स्थानीय शासन जनताका प्रतिनिधिमा आएकोले जनपक्षीय काम गर्न नव निर्वाचित प्रतिनिधिलाई सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: