महामन्त्री डा कोइरालाको अवस्था गम्भीर

  प्रकाशित मिति
२२ असार २०७३, बुधबार १२:५४


shasanka-koirala-600x430

झापा । ओम अस्पताल भर्ना हुनुभएका नेपाली काँग्रेसका महामन्त्री डा। शशाङ्क कोइरालाको स्वास्थ्य अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

उनलाई हृदयाघातको आशङ्का गरिए पनि परीक्षणका क्रममा हृदयाघात नभएको तर फोक्सोको निमोनिया रहेको उपचारमा संलग्न चिकित्सक डा। लव जोशीले जानकारी दिए ।

चिकित्सकका अनुसारको अहिले उनको रक्तचापको अवस्था ९०÷६० रहेको छ । पिसाब बन्ने क्रम प्रतिघन्टा ५० एमएल रहेको छ । रक्तचाप कम भएकाले उनलाई अहिले तीन किसिमका औषधि दिइएको छ भने शरीरको तापक्रम बढाउन नदिने उपाय अपनाइएको उनले बताए ।

डा। जोशीले भने—‘‘उनको स्वास्थ्यलाई स्थिर राख्ने प्रयास गरिएको छ । उनको अवस्था गम्भीर छ ।’’

डा कोइरालाको उपचारमा डा। अर्जुन कार्की, डा। भगवान कोइराला, डा। युएन पाठक, डा। लवजोशी, डा। श्याम महर्जन, डा। सुवास आचार्य, डा। महेश भट्टराई, डा। रवीन्द्र श्रेष्ठ, डा रावल पाठक, डा। पिके क्षेत्री, डा। हरिकिशोर श्रेष्ठ, डा। हरिश जोशीलगायतका १५ जनाभन्दा बढी चिकित्सकको टोली सक्रिय रहेको अस्पतालले जनाएको छ ।

डा। कोइरालालाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट भारतमा लैजाने तयारी भए पनि शरीरको अवस्था स्थिर नरहेका कारण तत्काल सम्भव नभएका कारण लैजान नसकिएको पनि अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: