महामन्त्री शशाङ्कले पत्रकारलाई बाँडे खाम

  प्रकाशित मिति
४ कार्तिक २०७७, मंगलवार १६:३६


झापा, ४ कात्तिक । नेपाली काङ्ग्रेसका महामन्त्री शशाङ्क कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँडेको आरोप लागेको छ ।

कोइरालाका स्वकीय सचिव भरत तिवारीले मङ्गलवार खाममा हजारका १५ वटा नोटहरु हालेर ‘शशांक दाइले पठाउनुभएको’ भन्दै अनलाइन खबरका राजकुमार श्रेष्ठलाई दिएका थिए ।

अनलाइनकर्मी श्रेष्ठले उक्त रकम फिर्ता पठाएका छन् । पैसा दिने महामन्त्रीका सव्कीय सचिव तिवारीले कृष्ण न्यौपानेको नाममा रहेको नबिल बैङ्कको खाता नम्बर दिए पछि श्रेष्ठले सोही खातामा रकम जम्मा गरेर खाम फिर्ता गरेका हुन् ।

यस विषयमा कोइरालाको कुनै प्रतिक्रिया जनाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: