महामानव वीपी कोइराला

  प्रकाशित मिति
२४ भाद्र २०७३, शुक्रबार १०:२४


bp_koirala1

महामानव वीपी कोइरालाको जन्मजयन्ती आज मुलुकभर विभिन्न कार्यव्रmमका साथ मनाईंदैछ । नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तनमा योगदान दिँदै मुलुकलाई जोखिमपूर्ण अवस्थाबाट जोगाउन आफ्नो ज्यानको समेत चिन्ता नलिने वीपी कोइरालाको सम्झना गरेर उनको चिन्तनबाट प्रेरणा लिन आजको दिनले विशेष महत्व राख्दछ । राजनीतिमा समाजवादी र नेपाली साहित्यमा अराजकवादी धारका रुपमा स्थापित वीपीका लाखाँै अनुयायीहरुले आज गोष्ठी, सभा, वृक्षारोपण, रक्तदान एवम् साहित्यिक कार्यव्रmम गरेर वीपीको समाजवादी प्रजातन्त्रलाई जीवन्त पार्दैछन् । १०४ वर्षीय राणा शासनको समूल अन्त्यको लागि व्रmान्ति गरेर नेपालमा प्रजातन्त्र स्थापनार्थ वीपीले पु¥याएको योगदान नेपालको इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ ।

राजनीतिमा सङ्घर्ष या आन्दोलन मात्र नगरेर सुझ, समझ र धैर्यपूर्ण भूमिकाको पनि त्यत्ति नै महत्व रहन्छ भन्ने मान्यतालाई वीपीले प्रजातन्त्र प्राप्तिका लागि निरङ्कुश पञ्चायती व्यवस्था विरुद्ध स्वदेश र विदेशमा रहेर शालिन ढङ्गबाट मूर्तरुप दिएका थिए । जव सङ्कट आइपर्छ, तव धर्तीको एकमुट्ठी माटो हातमा लिएर गरिब नेपाली दाजुभाइलाई सम्झँदै आफैले मनमा प्रश्न गर्दा जवाफ आफैँ पाउन सकिनेछ भन्ने वीपीको राष्ट्रवादी सोच अनुरुप अहिले पनि आफ्ना राजनीतिक व्रिmयाकलापलाई अगाडि बढाउने हो भने समस्या समाधानका लागि सहज उपाय आउन सक्नेछ ।

यसका लागि सुतेको मानिसलाई मात्र जगाउन सकिन्छ, सुतेको अभिनय गर्नेलाई जगाउनु निरर्थक प्रयास हुनेछ भन्ने कुरा हामीले बिर्सनु हुँदैन । वीपीको राष्ट्रिय मेलमिलापको नीति र सैद्धान्तिक मान्यता अहिलेको सङ्कटपूर्ण अवस्थामा पनि नकार्न सकिन्न । नेपाली काङ्ग्रेसद्वारा विसं. २०१५ को सरकारमा रहँदा अपनाइएको नीति वीपीद्वारा प्रतिपादित सिद्धान्तका आधारमा तयार गरिएका थिए । पञ्चायतकालका बेला भन्ने गरिन्थ्यो– ‘निरङ्कुशताको पराकाष्ठ जति जति बढ्दै जानेछ, त्यति नै प्रत्येक पञ्चको घरबाट वीपी जन्मने छ ।’

इतिहासलाई प्रभावित गर्ने युगीन व्यक्तित्वहरु सधैँ र सबै बेला जन्मदैनन् । विश्वका जुनसुकै मुलुकमा पनि समय व्रmममा युगलाई प्रभावित गर्ने वा आफ्नो देशलाई नविन चेतनाले उद्येलित एवम् प्रेरित गर्ने व्यक्तिहरु जन्मिएका हुन्छन् । भौतिकरुपले त्यस्ता व्यक्तिको मृत्यु भएपनि विचार र चरित्रका कारण मानव सभ्यतालाई तिनले निरन्तर आफुतिर आकर्षित गरिरहेका हुन्छन् । समाज परिवर्तनलाई मार्ग निर्देशन गरिरहेका हुन्छन् ।

यस्तै, व्यक्तिहरु मध्ये महामानव वीपी कोइराला पनि एक हुन् । बहुआयामिक व्यक्तित्वका धनी वीपीले साहित्यमा मनोवैज्ञानिक धारलाई सशक्त र समृद्ध बनाउन पुर्याएको योगदान नेपाली साहित्य आकाशमा अतुलनीय छ । ‘आजको हाम्रो मुख्य खाँचो राष्ट्रिय एकता ल्याउनु हो । हाम्रो प्रजातान्त्रिक आन्दोलनको लक्ष्य राष्ट्रको हित रक्षा गर्नु र राष्ट्रियता जोगाउनु हो ।’ यो भनाइ जननायक वीपी कोइरालाका हुन् । कोइराला यो देशका सच्चा राष्ट्रियताका पहरेदार थिए । राष्ट्र, राष्ट्रियता र जनअधिकारको निम्ति उनले आजीवन प्रतिगामीहरुसित सङ्घर्ष गरिरहे । कहिल्यै पनि राष्ट्रभक्तिको गीत गाउँदा व्यक्तिको पूजाको कुरा उठ्दा उनले विद्रोहको आगो ओकली रहे । आफ्नो प्राण जोखिममा पर्दा समेत अप्रजातन्त्रवादीहरुको सस्तो मलम पट्टीलाई स्वीकार गरेनन् ।

आर्थिक एवम् सामाजिक नीतिमा समाजवादी, राजनीतिमा प्रजातन्त्रवादी, र साहित्यमा स्वच्छन्दतावादी वीपी कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पनि थिए । सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्षसमेत रहेका कोइराला नेपाली काङ्ग्रेसका संस्थापक पनि थिए । नेपाली समाजलाई अत्यन्तै गहिरोसँग प्रभाव पार्ने र आफूतर्फ आकर्षित गर्ने वीपीलाई कसैले जननेता भने, कसैले महामानव वा युगपुरुष । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वीपी कोइराला यस्ता व्यक्तित्व हुनुहुन्थ्यो, जसका विषयमा नेपाली समाजका युवाहरुले पढ्नै पर्छ र बुझ्नै पर्छ । अनिमात्र त्यो व्यक्तिले समाजमा पारेको प्रभाव र हामीलाई आकर्षित गर्ने कारण प्रष्ट हुन जान्छ ।

वर्तमान अवस्थामा नेपाली काङ्ग्रेसमा वीपी कोइरालाका विचार र सिद्धान्तको अभाव महसुस हुन थालेको पनि चर्चा परिचर्चा हुन थालेका छन् । काङ्गे्रसले वीपीको विचारलाई छोड्योे भन्नेहरु पनि भेटिन थालेका छन् । प्रजातन्त्र प्राप्तिका हरेक आन्दोलनमा नेतृत्व गर्ने मुलुकको ठूलो प्रजातान्त्रिक पार्टीका लागि यो सुखद कुरा होइन । नेपाली काङ्ग्रेसलाई यो अवस्थामा ल्याई पुर्याउन र उसको नेतृत्वमा मुलुकमा पटक–पटक भएका आन्दोलनमा ज्यान गुमाउने, जेल जीवन बिताउने, देश निकाला हुने सयौँ कार्यकर्ता छन् । उनीहरुको उचित सम्मान गर्न र वीपीका विचार र सिद्धान्त अनुसार पार्टी सञ्चालन गरी आम नेपालीको मन जित्न आजको दिनले सम्वद्ध सबैमा प्रेरणा प्रदान गर्न सकोस् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: