महामारी फैलिन नदिन आरआरटी

  प्रकाशित मिति
४ फाल्गुन २०७६, आईतवार १९:२७


रेवतीराज घिमिरे

भद्रपुर । गर्मी मौसमको सुरुवातसँगै झापामा बढ्न सक्ने विभिन्न प्रकारका सम्भावित रोगहरुबाट बच्न र बचाउने उद्देश्यले जिल्ला स्वास्थ्य कार्यालय झापाको महामारी पूर्व तयारी सम्बन्धी बहुनिकाय बैठकले स्वास्थ्य कार्यालयको संयोजकत्वमा तुरुन्त काम गर्ने समूह (आरआरटी) गठन गरेको छ ।

कार्यालयको सभाहल भद्रपुरमा सम्पन्न बैठकले स्वास्थ्य कार्यालय झापाको फोकल पर्सन सदस्य सचिव रहने गरी कार्यालय प्रमुखको संयोजकत्वमा स्वास्थ्य कर्मचारी, रेडक्रस प्रतिनिधि, जिल्लास्थित गाउँ तथा नगरपालिका प्रतिनिधि, पत्रकार तथा मेची अञ्चल अस्पताल सदस्य रहने गरी समिति गठन गरेको हो ।

स्वास्थ्य कार्यालय झापाका निमित्त कार्यालय प्रमुख ईश्वरीप्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले गठित समितिले झापामा भूकम्प तथा बाढीपीडितको उद्धार राहतसँगै महामारी रोग फैलन नदिन र सम्भावित दुर्घटनाबाट बच्न र बचाउन उल्लेखनीय कार्य गर्ने निर्णय गरेको छ ।

बैठकको सहजीकरण गर्दैमा कार्यक्रम संयोजक जीवन चौँलागाईले झापामा अहिलेसम्म पनि डेङ्गु मलेरिया, कालाज्वरोलगायतका विभिन्न सङ्क्रमितहरु रहेको बताए ।

उनले यस्ता प्रकारका सङ्क्रमितहरुको सङ्ख्यामा कमी आए पनि खुला सिमानाका कारण भारतबाट आवतजावत गर्नेहरुबाट सर्ने भएकाले पूर्णरुपमा नियन्त्रण हुन नसकेको बताए ।

चौँलागाईले भरखरै चीनबाट फैलिएको सङ्क्रमित रोग कोरोना भाइरस जस्ता विभिन्न प्रकारका महामारीको समेत झापामा खतरा रहेको उल्लेख गर्दै मेची नगरपालिकाको काँकरभिट्टामा स्वास्थ्य कार्यालय झापाले हेल्पडेक्स राखेर चीन र भारतबाट आउने÷जानेहरुका लागि स्वास्थ्य जाँच गर्ने कार्य भइरहेको बताए ।

बैठकमा रेडक्रस सोसाइटी झापाका कार्यक्रम संयोजक हरिशरण खड्काले भूकम्प, बाढी नियन्त्रणलगायतका सम्भावित महामारीबाट बच्न र बचाउन जिल्ला रेडक्रस झापा प्रविधिसहितको तयारी अवस्थामा रहेको बताए ।

भद्रपुर नगरपालिकाका प्रशासकीय अधिकृत गोपाल आचार्यले मन्तव्य राखेको कार्यक्रममा स्वास्थ्यकर्मी, कर्मचारी तथा विद्यार्थी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: