महालक्ष्मीले गर्यो दर्जन बढीलाई सम्मान

  प्रकाशित मिति
२२ भाद्र २०७३, बुधबार १७:५८


 

 

20160907_133824 20160907_133832 20160907_133901 mahaधुलाबारी । श्री महालक्ष्मी कृषि सहकारी संस्थाले आठौं बार्षिक साधारण सभाको अवसर पारेर दर्जन बढीलाई सम्मान गरेको छ ।

अतिथि सदनको सभाहलमा बुधबार आयोजित कार्यव्रmममा सहकारीले उत्कृष्ट बचत तथा ऋणको कारोवार गर्ने शेयर सदस्यहरु, ज्येष्ठ नागरिकलगायत सहकारी व्यक्तित्व तथा पत्रकारलाई ‘महालक्ष्मी प्रतिभा पुरस्कार’बाट सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा सहकारी व्यक्तित्वको रुपमा डिभिजन सहकारी संस्थाका निरीक्षक डिल्ली दाहाल, सञ्चार क्षेत्रमा पुर्याएको योगदान स्वरुप लोकतन्त्र पोस्ट अनलाइनकी सम्पादक अम्बिका भण्डारी, ज्येष्ठ व्रिmयाशील सदस्य कृष्णप्रसाद उपाध्याय खनाल, पदमाकुमारी आचार्य, स्वास्थ्य स्वयम्सेविका देवीमाया गिरी र शिक्षाकर्मी अम्बिका रिजाललगायत छन् ।

त्यसैगरी, नियमित बचत कर्ता गंगा दाहाल, खुत्रुके बचतकर्ता विना राजवंशी, बाल बचतकर्ता यासिका आचार्य, उत्कृष्ट ऋणी पार्वती ढकाल, लेखनाथ बराल, उत्कृष्ट बुहारी धर्मकला खनाल, उत्कृष्ट विद्यार्थी मौसम भण्डारी र सुनिता चिमरियालाई सहकारीले साधारणसभाको अवसरमा सम्मान गरेको थियो । सम्मानित व्यक्तित्वहरुलाई फुलमाला, सम्मान पत्र र दोसाला ओढाइएको थियो ।

संस्थाकी अध्यक्ष दुर्गा खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, संघका जिल्ला सदस्य दुर्गा सापकोटा, संघका क्षेत्रीय समन्वय समिति क्षेत्र नं. १ का संयोजक हिक्मत क्षेत्री, मेचीनगर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमल काफ्ले, गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष रेणुका डाँगी, खानेपानी उपभोक्ता तथा सरसफाई समिति धुलाबारीका अध्यक्ष इन्द्र बुढाथोकी, हाम्रो बहुउदेद्श्यीय सहकारी संस्थाकी सञ्चालक सदस्य मीरा पोखरेल, धुलाबारी क्याम्पसका अध्यक्ष भीम खवास, सम्मानित व्यक्तित्वहरु डिल्ली दाहाल, अम्बिका रिजाल, कृष्णप्रसाद उपाध्याय खनाल र अम्बिका भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाकी व्यवस्थापक प्रेमकुमारी सुवेदीले सञ्चालन गरेको कार्यव्रmममा स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष देवीका भट्टराईले गरेकी थिइन् ।

२०६५ सालमा ५४ जना शेयर सदस्यबाट ५४ हजार रुपैयाँ नै संकलन गरी सुरु गरेको संस्थामा हाल १ हजार २ सय ६६ शेयर सदस्य र शेयर पूँजी २८ लाख ९३ हजार छ सय पुगेको संस्थाकी अध्यक्ष दुर्गा खतिवडाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले प्रभु म्यानेजमेन्टबाट रेमिटान्स कारोवार सुरु गरिसकिएको तथा हिमाल रेमिट र वेष्टर्न यूनियन मनी ट्रान्सफरसँग कारोवार गर्न सम्झौता प्रक्रियामा रहेको जनाएको छ । साथै अध्यक्ष खतिवडाले सहकारीले साल्ट ट्रेनिङबाट डिलरसिप लिई रासायनिक मलको विव्रmी वितरण भइरहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: