महासंघको प्रदेश अध्यक्षमा झापाका ढकाल, पुरै कार्यसमिति सर्वसम्मत

  प्रकाशित मिति
२० पुष २०७७, सोमबार २०:५५


विर्तामोड, २० पुस । नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नं. १ को अध्यक्षमा भद्रपुरका उद्योगी टिकाराज ढकाल सर्वसम्मत निर्वाचित भएका छन् ।

आज विर्तामोड सम्पन्न प्रदेश महासंघको तेस्रो साधारणसभामा ढकाल कार्यसमितिको अध्यक्ष जस्तो गरिमामय पदमा सर्वसम्मत भएका हुन् ।

उनी यस अघि झापा उद्योग संघका अध्यक्ष थिए । इमान्दार, मिलनसार र शालीन व्यक्तित्व भएका ढकालको चयनले प्रदेश महासंघले आगामी दिनमा नयाँ गति लिने अपेक्षा उद्योग वाणिज्य क्षेत्रमा गरिएको छ ।

साधारणसभाबाट विर्तामोडका कुमार भट्टराई र गौरादहका भुपाल कटुवाल प्रदेश कार्यसमिति सदस्यमा चयन भएका छन् ।

महासंघको जिल्ला नगर उपाध्यक्षमा इटहरीका भीम पौडेल, एसोसिएट उपाध्यक्षमा विराटनगरका राजेन्द्र राउत र कोषाध्यक्षमा विराटनगरकै रमेश राठी चयन भएको निवत्र्तमान प्रदेश सदस्य कुमारमणि पोखरेलले जानकारी दिए ।

पन्ध्र सदस्यीय प्रदेश कार्यसमितिको सदस्य पदमा उर्लाबारीका प्रितम खड्गी, इनरुवाका वीरेन्द्र साह लगायत छन् ।

विर्तामोडमा आयोजित साधारणसभा स्थानीय नगरप्रमख ध्रुव शिवाकोटीले उद्घाटन गरेका थिए । उद्घाटन अवसरमा केन्द्रबाट मानार्थ सदस्य किशोर प्रधान अतिथि थिए ।

कार्यक्रमको अध्यक्षता प्रदेश अध्यक्ष नरेन्द्र खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: