महिलाको रहस्मय मृत्यु

  प्रकाशित मिति
५ पुष २०७२, आईतवार ०४:०५


 

भद्रपुर । भद्रपुर–५ मा अन्तरजातीय बिहे भएको पाँच महिना नबित्दै एक महिलाको शनिबार विहान रहस्यमय मृत्यु भएको छ ।
गत साउन महिनामा भद्रपुरका दिपेश साहसँग अन्तरजातीय विवाह गरेकी विर्तामोड बुट्टाबारीकी कमला राजवंशी (दीपा)लाई शनिवार विहान मृत अवस्थामा ओछ्यानमा फेला पारेको थियो ।

दीपाले झुण्डिएर आत्महत्या गरेको भन्दै मृतकका सासु–ससुराले प्रहरीमा खबर गरेका थिए । प्रहरी घटनास्थल पुग्दा दीपाको शव ओछ्यानमा सुताएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

तर, मृतकका माइती पक्षले दीपाको हत्या भएको दाबी गरेको छ । दीपालाई मृत अवस्थामा भेटिएको खबर पाएको थाहा पाएपछि माइतबाट मृतकका बुबाआमा आएका थिए । दीपाका सासु–ससुरालाई पव्रmाउ नगरेसम्म मृतकको पोस्टमार्टम गर्न नदिने अडान गरेपछि अनुसन्धानका लागि भन्दै प्रहरीले सासु–ससुरालाई नियन्त्रणमा लिएको छ ।

माइती पक्षबाट दीपाका आमा बसन्ती राजवंशी र बुबा विशान्त राजवंशी लगायत आफन्तजनहरू घटनास्थल पुगेर दीपाको आत्महत्या नभई हत्या नै भएको भन्दै आव्रmोश पोखेका थिए ।

दीपाका श्रीमान् दिपेश साह शनिवार बिहानैदेखि सम्पर्कविहीन रहेका थिए । बाबुआमालाई प्रहरी नियन्त्रणमा लिएपछि दीपाका श्रीमान् दिपेशले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।

मृतकका आमा बसन्तीले छोरीको ससुराली पक्षले नियोजित रुपमा हत्या गरेको दाबी गरिन् । घटनास्थलमा झुण्डिएको कुनै प्रमाण नभेटिनु, ज्वाइँ फरार हुनु, कोठामा झुण्डिने ठाउँ नदेखिनु जस्ता घटनाले पनि दीपाको आत्महत्या नभई हत्या नै भएको माइती पक्षको दाबी छ ।
यता, प्रहरी कार्यालय झापाका डिएपसी भिमबहादुर दाहालले घटनास्थलबाट मृतकले लेखेको ‘सुसाइट नोट’ भेटिएको जनाएका छन् । उनले सुसाइट नोटमा लेखिएको अक्षर दीपाको हो वा होइन भनी अक्षरको ल्यावटेस्ट गरिने बताए ।
प्रहरीले आत्महत्या वा हत्या हो भन्ने बारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: