महिलालाई अचार बनाउने तालिम

  प्रकाशित मिति
२० असार २०७५, बुधबार १७:४६


धुलावारी । मेची उद्योग वाणिज्य सङ्घले मेचीनगर नगरपालिकासँगको सहकार्यमा महिलाहरुलाई अचार बनाउने तालिम दिएको छ ।

असार १५ मा सुरु भएको पाँच दिवसीय तालिम वुधवार एक समारोहविच समापन भएको छ ।

तालिममा मेचीनगरका ३० जना महिलाले सहभागिता जनाएका थिए । तालिम ज्यादै उपयोगी भएको सहभागीहरुको भनाई छ ।

सङ्घका उपाध्यक्ष ध्रुव कनालको अध्यक्षतामा भएको समापन समारोहमा बोल्दै प्रमुख प्रशिक्षक दीनानाथ शिवाकोटीले तालिमबाट प्राप्त गरेको ज्ञान र शिपलाई व्यवहारमा प्रयोग गर्न सुझाव दिदै अचार उद्योग सञ्चालन गर्न सके त्यसको बजार व्यापक रहेको बताए ।

समापन अवसरमा ऋद्धिसिद्धी महिला संस्थाकी अध्यक्ष रुपा खतिवडा, महालक्ष्मी आमा समूहकी अध्यक्ष पदमा भट्टराई, प्रशिक्षार्थीहरु पवित्रा दाहाल र भीमा प्रसाईले तालिम उपयोगी भएको बताएका थिए ।

तालिममा मिक्स अचार, च्याउ अचार र अकवरे खुर्सानी अचार बनाउन सिकाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: