उद्यमशीलताका लागि सहुलियत ऋण

  प्रकाशित मिति
७ भाद्र २०७३, मंगलवार १५:३४


DSC04148

धुलाबारी । मेची उद्योग वाणिज्य सङघले महिलाहरुलाई आयमुलक पेशा, व्यवसाय सञ्चालनका लागि ‘सहुलियत ऋण प्रदान गरेको छ ।

‘महिला उद्यमशीलताका लागि सहयोग कार्यव्रmम’ अन्तर्गत मङ्गलबार आयोजित कार्यव्रmममा टेलरिङ्ग व्यवसाय सञ्चालनका लागि समाज सुधार महिला समाजलाई, बाख्रापालन व्यवसाय सञ्चालनका लागि श्री नारी कल्याणकारिणी संस्था र श्री पारिजात महिला विकास समूहलाई १ लाख रुपैयाँका दरले सहुलियत ऋण रकम उपलब्ध गराइएको थियो ।

सङ्घका अध्यक्ष पंकजविव्रmम नेम्वाङको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा समाज सुधार महिला समूहकी अध्यक्ष संगीता थापा, श्री नारी कल्याणकारिणी संस्थाकी अध्यक्ष जानुका ओलीले प्राप्त सहुलियत ऋणको शतप्रतिशत सदुपयोग गर्दै संस्था सम्बद्ध महिलाहरुलाई स्वरोजगार एवम् स्वालम्बी बनाउँदै लैजाने प्रतिवद्ता व्यक्त गरेका थिए ।

सङ्घका महासचिव ऋषिराज तिम्सिनाले सञ्चालन गरेको कार्यव्रmममा सङ्घकी उपाध्यक्ष राधा कार्की, नाइटचेस क्लब काँकरभिट्टाका अध्यक्ष शेरबहादुर वस्नेत, ऋद्धिसिद्धि महिला समूहका अध्यक्ष रुपा खतिवडा, रेडियो सरगमका प्रबन्ध निर्देशक ज्ञानेन्द्र निरौला लगायतले ऋण प्राप्त गर्ने संस्थाको योजना तथा कार्यव्रmम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: