स्थानीय निकायको नेतृत्व महिलालाई

  प्रकाशित मिति
५ असार २०७३, आईतवार १५:५२


karmacharri

यतिबेला विभिन्न राजनीतिक दलहरुले महिलाहरुलाई गाउँ–गाउँ, टोल–टोल पुगेर उद्घोषण तालिमसँगसँगै स्थानीय निकायमा महिलाको सहभागिताका बारेमा प्रशिक्षण समेत चलाइरहेका छन् । यो अत्यतै राम्रो काम हो । जहाँ पहुँचविहीन महिलाहरुको समेत पहुँच सहजै पुग्न सक्छ । तर, यतिमै महिलाहरुले मख्ख पर्ने बेला छैन । गहिरिएर सोच्नु पर्ने बेला छ । किन कि उनीहरुलाई संविधानले स्थानीयस्तरमा सहभागिता गराउन सक्ने मात्र व्यवस्था गरेको छ ।
झट्ट हेर्दा र सुन्दा महिला मैत्री जस्तो लाग्छ २०७२को संविधान । कतिपय क्षेत्रमा छ पनि । तर, जुन स्थानबाट महिलाले नेतृत्व लिनुपर्ने हो त्यस ठाउँमा भने मौन रहेको छ । अनि राष्ट्रपति र उपराष्ट्रपति पद मध्ये एक जना महिला वा फरक जाति, सभामुख र उपसभामुखमध्ये एकजना महिला पायौं भनेर खुशी हुने ठाउँ छैन । राष्ट्रिय सभा र प्रदेशिक सभामा त्यो व्यवस्था भए पनि स्थानीय निकायहरु जिल्ला विकास समिति, नगरपालिका र वडामा भने त्यो व्यवस्था नहुनु सोचनीय विषय हो ।

माथिल्लो निकायमा पुग्ने जग भनेको स्थानीय निकायहरु नै हुन् । त्यसकारण पनि कम्तीमा वडा र नगरपालिकामा लिइने नेतृत्वमा अनिवार्य रुपमा महिला र पुरुषको आलोपालो प्रणालीको व्यवस्था हुनुपर्ने थियो । तर भनिएको छ निर्वाचित अध्यक्षले तीन जना महिला सदस्य अनिवार्य चयन गर्नुपर्नेै । कस्तो विभेदकारी नीति हो यो । अब महिलाले सोच्नु पर्ने बेला आएको छ । हामीलाई राजनीतिक दलहरुले दिने प्रशिक्षण र तालिममा पनि खोट छ । तसर्थ हामीले लिइरहेका तालिमबाट निडर भएर भोलि हुने स्थानीय निकायको निर्वाचनमा मुख्य पदमा दाबी गर्न सक्ने हिम्मत बटुलौं, त्यहाँ पुगेर गर्ने काम र कर्तव्यको बारेमा अध्ययन गरौं । अनि महिला महिला एक हौं भनेर भित्रैदेखि जुट्न थाल्यौं । त्यसो गरे कसो लिन नसकिएला मुख्य पद ?

अहिलेसम्मको अभ्यास हेर्दा कुनै पनि राजनीतिक दलले वडा तथा नगरको अध्यक्षमा हाम्रो उम्मेद्वार फलाना महिला हो भनेर भन्न सकेको देखिदैन । र, भोलि पनि भन्न सक्ने अवस्था छैन । जतिसुकै सक्षम र क्षमता भएका महिलालाई पनि विभिन्न कारण देखाएर ओझेलमा पारिन्छ । महिलाहरुलाई पनि पार्टीको डर र त्रास छ । आफूले हिम्मत देखाए वापत भोलि कतै अरु अवसरबाट बन्चित त हुनु पर्दैन भनेर । हाम्रा राजनीतिक दलका बोली र व्यवहारमा फरक छ । महिलालाई हतियार बनाएर आफूलाई अब्बल देखाउने परिपाटी सबै राजनीतिक दलमा छ । तर, व्यवहारिक रुपमा भने शून्य प्रतिशत मात्र लागू छ भन्दा फरक पर्दैन । म दलहरुलाई आग्रह पनि गर्न चाहन्छु यदि तपाईहरुले महिला सक्षम बनाउनकै लागि तालिम र प्रशिक्षण जस्ता कार्यव्रmमको आयोजना गरेको हो भने आउने स्थानीय निकायको निर्वाचनमा महिलालाई नेतृत्व दिने अभ्यास पनि सुरु गरौं ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: