महिलाहरुको निःशुल्क स्वास्थ्य परीक्षण

  प्रकाशित मिति
१७ मंसिर २०७८, शुक्रबार १५:२४


मेचीनगर, १७ मंसिर । ग्रामीण क्षेत्रका महिलाको स्वास्थ्यमा पहुँच पुर्याउने उद्देश्यले प्रगतिशील युवा क्लवले विभिन्न संघसंस्थाको सहकार्यमा शुक्रवार एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।

नयाँ विहानी आमा समूह, अपाङ्ग मैत्री सेवा स्वरोजगार संस्थाको सहआयोजनामा आयोजित ‘परिवार नियोजनका अस्थायी साधन साथै पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण’ सम्बन्धी स्वास्थ्य शिविरको उद्घाटन मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीले गरेकी थिइन् ।

उनले अधिकांश ग्रामीण क्षेत्रका महिलाहरु पछिल्लो समय पाठेघरको मुखको क्यान्सरबाट पीडित बनिरहेको अवस्थामा यो शिविरबाट उनीहरुको रोगको पहिचान हुने र समयमै उपचार गर्न अस्पताल पुग्न मद्दत पुग्ने बताइन् ।

परिवार नियोजनका अस्थायी साधान साथै पाठेघरको मुखमा हुने क्यान्सर सम्बन्धी प्रशिक्षण लिदैं ।

परिवार नियोजन संघ झापाको प्राविधिक सहयोगमा आयोजित शिविरमा स्वास्थ्यकर्मी प्रमिला गौतम, चन्द्रकला रिमालले ६० जना बढी महिलाहरुको स्वाथ्य जाँच गरेका थिए । शिविरमा सेवा लिएका अधिकांश महिलाहरुको पाठेघर खसेको, यौन सम्बन्धी रोगका लक्षणहरु देखिएको स्वास्थ्यकर्मी गौतमले बताइन् ।

कार्यक्रममा परिवार नियोजन संघ झापाकी प्रमुख सुजन काफ्लेले ३० जना बढी महिलाहरुलाई प्रजनन स्वास्थ्यसम्बन्धी प्रशिक्षण प्रदान गरेकी थिइन् ।

प्रशिक्षक सुजन काफ्ले र स्वाथ्यकर्मी प्रमिला गौतमसँग सहभागीहरु

क्लवका अध्यक्ष विशाल कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा धुलाबारी इलाका प्रहरी कार्यालयका प्रमुख विशाल राई, क्लवका सल्लाहकारद्वय अनिल पौडेल, मेदनी खनाल, नयाँ विहानी आमा समूहकी अध्यक्ष कमला बुढाथोकीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा अपाङ्ग मैत्री सेवा स्वरोजगार सेवाका अध्यक्ष रामबहादुर बुढाथोकीले स्वागत गरेको कार्यक्रममा सुजन घिमिरेले सञ्चालन गरेका थिए । क्लवले विभिन्न सामाजिक क्षेत्रमा स्थानीयस्तरका संघसंस्थासँग समन्वय गरेर विगतदेखि नै विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: