महिलाहरुले सुनाए चुनावी सकस

  प्रकाशित मिति
१४ श्रावण २०७४, शनिबार २२:०३


3 5 197446977622284490-account_id=16021430309272353932-account_id=1

विर्तामोड । स्थानीय तहको हालै सम्पन्न चुनावमा महिलाहरुले दलबाट टिकट पाउन गाह्रो भएको र पाएपछि प्रतिष्पर्धामा जाँदा पुरुषहरुबाटै असहयोग भएको गुनासो गरेका छन् ।

नारी सञ्चार गृह झापाले शनिवार दिउँसो होटल डेनियलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उपस्थित चुनाव जितेका र उपविजेता बनेका महिला नेतृहरुले खुलेर त्यस्तो गुनासो गरे ।

चुनाव जित्न सकिदैन, टिकट पाए पनि चुनाव खर्च कहाँबाट ल्याउने, परिआएमा राति हिड्न गाह्रो हुन्छ आदि तर्क गरेर महिलालाई नगरपालिका र गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेद्वार बनाउन दलहरु हिच्किचाएको उनीहरुको सामूहिक भनाई थियो ।

1351581581327065580-account_id=1

‘स्थानीय तहमा महिला प्रतिनिधित्व अवसर र चुनौति’ विषयक सो कार्यक्रममा प्रदेश नं. १ मै प्रमुख पद जित्न सफल कमल गाउँपालिकाकी प्रमुख मेनुका काफ्ले लगायत झापाका १५ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्ष पद जितेका सबै पार्टीका महिलाहरुको सहभागिता रहेको थियो ।

अर्जुनधारा नगरपालिकाकी नवनिर्वाचित उपमेयर कमला आचार्यले चुनावताका व्यहोर्नु परेको सकस र चुनौति सुनाउँदै तिनपल्टसम्म पार्टीले उम्मेद्वार बनाउँदै फिर्ता गर्दै लगेको र अन्तिमा आफुले नै टिकट पाएको बताएकी थिइन् ।

मेचीनगरकी उपमेयर मीना पोखरेलले पनि महिलाले मेयरको टिकट माग्दा पार्टीका पुरुष नेताहरुले गम्भीरतापूर्वक नलिएको र महिला महिलाविचमै विवाद सिर्जना गरिदिने गरी टिकट अल्झाइदिने गरेको दुःखेसो व्यक्त गरिन् ।

उनले जहाँ पार्टीले जित्ने अवस्था छैन, त्यहाँ मात्र प्रमुखमा टिकट दिने गरेको भन्दै पार्टीहरुमा पुरुषबादी चिन्तन हट्न नसकेको धारणा व्यक्त गरिन् ।
भद्रपुरकी उपमेयर चन्द्रा श्रेष्ठले टिकट पाउन गाह्रो र त्यसपछि आर्थिक पक्ष तगारो भएर उभिने गरेको अनुभूति सुनाउँदै भद्रपुरमा आफुले चुनावमा अनावश्यक खर्च नगरेको बताइन् ।

विर्तामोडकी उपमेयर पवित्रा महतराले चुनाव अघि मात्र नभएर चुनाव जिते पछि पनि महिला जनप्रतिनिधिहरुले पुरुषबादी चिन्तनको कारण उपेक्षा र विभेद सहनु परेको बताइन् ।

कार्यक्रममा गौरीगञ्जकी प्रमुखकी उपविजेता फुलवती राजबंशी, भद्रपुरकी उपमेयरकी उपविजेता राधा कार्की, अर्जुनधाराकी मेयरकी उपविजेता मीना पन्दाक, विर्तामोड–१ की वडाध्यक्षकी उपविजेता देविका बस्नेत लगायतले आआफ्नो चुनावी अनुभव र महिलाहरुले व्यहोर्नु परेका सकस बारे चर्चा गरेका थिए ।

नारी सञ्चार गृहकी अध्यक्ष सावित्रा दाहालको सभापतित्व र सचिव अम्बिका भण्डारीको उद्घोषणमा भएको सो कार्यक्रममा नेपाल महिला सङ्घ झापाकी सभापति सुशिला ढकाल, अनेमसङ्घ झापाकी अध्यक्ष जसमया गजमेर, विशसताक्षी नगरकी उपमेयर भोजकुमारी नेपाल, कनकाईकी उपमेयर मञ्जु प्रसाई, बाह्रदशीकी उपमेयर रत्ना राजबंशी, दमककी उपमेयर गीता अधिकारी, हल्दिवारी–३ की वडाध्यक्ष रोशनी शिवाकोटी, विर्तामोडकी वडाध्यक्ष पवित्रा पाठक, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य गणेश पोखरेल, झापाका अध्यक्ष तारामणि सापकोटा लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: