महिला अधिकार र कानून सम्बन्धी कार्याशाला

  प्रकाशित मिति
१४ असार २०७९, मंगलवार ०९:२७


हल्दीबारी, १४ असार । हल्दीबारी गाउँपालिकामा दुई दिने महिला अधिकार र विद्यमान कानून सम्बन्धी कार्यशाला सुरु भएको छ ।
टाइम्स मिडिया नेटवर्क बिर्तामोडको आयोजना र हल्दीबारी गाउँपालिकाको सहयोगमा महिलाहरुलाई कानुनी अधिकारका बारेमा जानकारी दिन कार्यशाला आयोजना गरिएको हो ।

हल्दीबारी गाउँपालिकाको ५ वटै वडाबाट महिला जनप्रतिनिधि, अगुवा महिलाहरु र विधार्थीको सहभागितामा कार्यशाला सुरु भएको छ ।

पहिलो दिन सोमबार वडा नं. १ र २ को सहभागिता रहेको थियो भने बाँकी वडाहरुबाट मंगलवार सहभागिता हुनेछ । कार्यशालाको पहिलो दिन अधिवक्ता हेमकला कट्टेलले सहजीकरण गरेकी थिइन् । मंगलवारको सहजीकरण मोरङकी अधिवक्ता विष्णुकुमारी तामाङले गर्ने कार्यक्रम संयोजक प्रदीप परियारले जानकारी दिए ।

टाइम्स मिडियाका अध्यक्ष नारायणप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यशालामा हल्दीबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत प्रविण दाहाल, कार्यपालिका सदस्य शान्ता शिवाकोटी लगायतले बोलेका थिए ।

कार्यक्रममा आशिका मावो र अनुष्का शिवाले कार्यक्रममा प्रतिवेदन पेश गरेका थिए । सहजकर्ता अधिवक्ता कट्टेलले सहभागीहरुलाई समूहमा विभाजन गरेर महिलाका सवालमा छलफल चलाएकी थिइन् । छलफलमा महिला अधिकारको आवश्यकता बारे चर्चा गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: