महिला उद्यमी सुवेदीलाई ‘युनुस पुरस्कार’

  प्रकाशित मिति
२६ कार्तिक २०७३, शुक्रबार १५:११


20161110_150306_resized-1

विर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २० औँ वार्षिक साधारण सभाको अवसर पारेर मोरङकी ४७ वर्षीया दुर्गा सुवेदीलाई ५० हजार रुपैयाँको ‘युनुस सहारा पुरस्कार’ प्रदान गर्ने भएको छ ।

सुन्दर दुलारी–१ स्थित दक्षिणकाली सहारा महिला समूहमा आवद्ध सुवेदीले कुखुरापालन र सब्जीखेती परियोजनालाई उदाहरणीय रुपमा सफल बनाएकी छन् ।

संस्थाद्वारा विहीवार चारपानेस्थित केन्द्रीय कार्यालयमा अयोजित पत्रकार सम्मेलनमा संस्थाका सचिव तथा सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले सो बारे जानकारी दिए । गिरीले मासिक ६० हजार रुपैयाँ आम्दानी गर्ने दुर्गा सुबेदीको पुरै परिवार कुखुरापालन र सब्जीखेतीमा लागेको बताए ।

प्रणामी सम्प्रदायकी सुवेदी परिवारमा दुर्गाका पति लीला प्रहरी सेवाबाट निवृत्त हुन् भने उनका छोरा पुस्कर इजरायलबाट कुखुरापालनको शीप सिकेर फर्केका छन् ।
सहाराले यसैगरी एक लाख रुपैयाँको ‘राष्ट्रिय व्यक्तित्व सम्मान’ काठमाडौँका शङ्करमान श्रेष्ठलाई प्रदान गर्ने भउको छ ।
श्रेष्ठ लघुवित्त क्षेत्रमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्ति हुन् । उनी आरएमडीसी नामक संस्थाका पूर्व सीइओ एवम् सीएसडी नेपाल नामक संस्थाका अध्यक्ष छन् ।

मुलुककै ठूलो आर्थिक कारोवार गर्ने दश सहकारीमध्ये एक मानिएको सहारा नेपालसँग आव २०७२÷०७३ मा ३ अर्ब ८० करोड भन्दा बढीको पूँजी तथा सम्पत्ति रहेको छ भने यसले पछिल्लो आवमा ५७ करोड ४८ लाख भन्दा बढी आम्दानी र १२ करोड ४४ लाख भन्दा बढी मुनाफा आर्जन गरेको छ ।

संस्थासँग ३५ करोड ७४ लाखभन्दा बढी चुक्ता शेयर पूँजी रहेको र झन्डै २ अर्ब निक्षेप सङ्कलन रहेको छ । संस्थाले यस वर्ष १० करोड अक्षय कोष स्थापना गर्ने लक्ष्यका साथ सामाजित हितका लागि ‘सङ्कल्प अभियान’ घोषणा गरेको छ ।

विपन्न व्यक्तिहरूलाई स्वास्थ्य उपचारमा सघाउन स्थापना गरिने कोषमा संस्थाले एक करोड जम्मा गरिदिने जनाएको छ । कोष झापा जिल्ला स्तरीय रहने संस्थाका कार्यकारी प्रमुख गिरीले बताए ।

संस्थाका अध्यक्ष ताराप्रसाद सञ्जेलको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा यो वर्ष नयाँ नेतृत्वको निर्वाचन हुने जानकारी दिइएको छ ।

विगतमा १५ सदस्यीय कार्य समिति रहने गरेकोमा यसपाली महिला लगायतको प्रतिनिधित्व बढाएर २१ सदस्यीय पुर्याइने र नेतृत्व सकभर सर्वसम्मत चयन हुने बताइयो ।

अध्यक्ष पदमा सञ्जेलले दोहोर्याउने भएका छन् भने सचिवमा महेन्द्रकुमार गिरी र सहसचिवमा ज्ञानु मैनालीको नाम सर्वसम्मत हुने बुझिएको छ ।संस्थाको वार्षिक साधारण सभा यही कात्त्कि २७ गते र चुनाव मङ्सिर ४ गते हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: