महिला कानुनी शिक्षा सम्बन्धी प्रशिक्षण

  प्रकाशित मिति
१८ जेष्ठ २०७५, शुक्रबार १६:०२


धुलाबारी । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च झापाको आयोजनामा मेचीनगरमा दुई दिवसीय महिला कानुनी शिक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम शुक्रवारबाट सुरु भएको छ ।

मेचीनगर नगरपालिका वडा नम्बर १० को आर्थिक सहयोगमा आयोजित तालिमको सहजीकरण भद्रपुर नगरपालिकाकी उपमेयर तथा अधिवक्ता चन्द्रा श्रेष्ठले गरेकी छिन् ।

महिलाहरु विभिन्न हिंसा तथा विभेदको शिकार भइरहेको अवस्थामा कानुनी ज्ञानको अभावमा न्यायको लागि जान ठाउँको जानकारी नहुँदा समस्या भएको कारण यो गोष्ठीको आयोजना गरेको मञ्चकी मेचीनगर अध्यक्ष गंगा मास्केले बताउनुभयो ।

मास्केको अध्यक्षता भएको कार्यक्रमको उद्घाटन मेचीनगर वडा नम्बर १० का अध्यक्ष तथा प्रमुख अतिथि सुदय पनेरुले गरेका थिए ।

मञ्चकी नगर अध्यक्ष मास्केको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष माया गुरुङ, राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी झापाकी अध्यक्ष हरिमाया लावती, मेचीनगर लेडी जेसीजकी अध्यक्ष सुनिता पनेरु, धुलाबारी इलका प्रहरी कार्यालय धुलाबारीका प्रमुख खगेन्द्र रिजाल, अम्बिका भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मेची उद्योग बाणिज्य संघ धुलाबारीको सभाहलमा आयोजित कार्यक्रममा मेचीनगर वडा नम्बर ९ र १० का महिलाको उल्लेख्य सहभागिता रहेको थियो । प्रशिक्षण शनिवार सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: