महिला क्रिक्रेटको उपाधि धुलावारीको गेम्स एन्ड स्पोर्टस् एकाडेमीलाई

  प्रकाशित मिति
२९ पुष २०७८, बिहीबार १९:२०


धुलावारी, २९ पुस । गेम्स एन्ड स्पोर्टस् एकाडेमी धुलावारीको आयोजनामा भएको त्रिपक्षीय महिला क्रिक्रेट प्रतियोगिताको उपाधि आयोजक टिमले जितेको छ ।

आज धुलावारी माविको खेलमैदानमा भएको फाइनल खेलमा चितवनको मुन स्टोन एकाडेमीलाई आयोजक टिमले पराजित गरेको हो ।

टस जितेर व्याटिङमा उत्रिएको मुन स्टोनलाई १०६ रनमा सीमित गरेर आयोजक टिमले २ विकेट गुमाएर १५ ओभरमा लक्ष्य हासिल गरेको थियो ।

प्रतियोगितामा लहान क्रिक्रेट क्लव तेस्रो भएको थियो ।

खेलपछि एक समारोहमा बिजयी र उपबिजयी टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र आयोजक एकाडेमी तथा झापा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष गणेशविक्रम नेम्वाङले वितरण गरेका थिए ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी आयोजक टिमकी रीतु कनौजिया घोषित भएकी थिइन् भने बेस्ट बलर आयोजक टिमकी राधिका श्रेष्ठ र बेस्ट व्याटर मुन स्टोन एकाडेमी चितवनकी वृन्दा कटुवाल भएकी थिइन् ।

उत्कृष्ट खेलाडी घोषित भएकी रीतु नेपाली राष्ट्रिय क्रिक्रेट टिमकी पूर्व कप्तान समेत हुन् । कार्यक्रममा क्रिक्रेटको नेपाली राष्ट्रिय टोलीका सुमन खतिवडा र काजल श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

समारोहमा प्रशिक्षक डिल्ली नेम्वाङ, वरिष्ठ खेलाडी सुमन खतिवडा र काजल श्रेष्ठले समेत मेडल वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: