महिला परिवर्तनका पनि बाहक

  प्रकाशित मिति
२० भाद्र २०७३, सोमबार १६:३८


2 3 5  7  9 11

विर्तामोड । अखिल नेपाल महिला संघले सोमबार एक कार्यव्रmमका बीच ‘महिला चेतना पुस्तकको चौथो अंक लोकार्पण तथा सम्मान’ कार्यव्रmम सम्पन्न गरेको छ ।

पूर्व महिला तथा बालबालिका मन्त्री एवम् नेकपा एमालेकी केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पुस्तक लोकार्पणका साथै दर्जन बढीलाई सम्मान गरेकी हुन् ।

कार्यव्रmमकी प्रमुख अतिथि शाक्यले लोकतन्त्र प्राप्तिका लागि भूमिगत कालमा समेत देश र जनताका लागि निरन्तर लड्ने र सेल्टर प्रदान गर्ने महिलाहरुलाई दोसला र 8सम्मान पत्रले सम्मान गरेकी थिइन् ।

सम्मानित हुनेहरु मेनका काफ्ले, पवित्रा निरौला खरेल, लता प्रसाई, गौरा प्रसाई, सीता पाठक, शोभा कुँवर, विष्णु खड्का, टिका घिमिरे, सीता बस्नेत, लीला कार्की, चन्द्रकला श्रेष्ठ रहेका छन् ।

नेकपा एमाले पार्टी कार्यालयको सभाहलमा सम्पन्न  कार्यव्रmममा उपाध्यक्ष शाक्यले २७ बर्षपछि अनेमा संघ जिल्लाले प्रकाशित गरेको महिला चेतना पुस्तकको चौथो अंक समेत लोकार्पण गरेकी छिन् ।

उपाध्यक्ष शाक्यले संविधानमा भएका महिलाका हक अधिकार कार्यान्वयन गर्नका लागि गोलबद्ध भएर लाग्न सबैलाई आग्रह गरेकी थिइन् । उनले अखिल नेपाल महिला संघले संविधानमा महिलालाई स्थापित गर्न सकेकोमा विगतमा गरेको आन्दोलन उपलब्धिमूलक भएको बताइन् ।

6

उनले अब हुने स्थानीय निकायको निर्वाचनमा ४० प्रतिशत महिलालाई अनिवार्य सहभागिता गराउनु पर्नेमा जोड दिइन् । ‘महिला थपनाका मात्र होइन क्षमताका पनि बाहक हुन्’, शाक्यले भनिन्–‘अवसर पाए भने जनताको हितमा काम गरेर देखाउने छन् ।’

संघकी जिल्ला अध्यक्ष जसमाया गजमेरको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा अनेमा संघकी केन्द्रीय सचिव मनेका काफ्ले, संघकी केन्द्रीय सदस्य पवित्रा निरौला, नेकपा एमाले बैकल्पिक केन्द्रीय सदस्य तथा सांसद रविन कोइराला, पार्टीका केन्द्रीय सल्लाहकार नरेश खरेल, केन्द्रीय सदस्य हिक्मत कार्की, पूर्व राष्ट्रिय परिसद सदस्य देवेन्द्र दाहाल, जिल्ला अध्यक्ष चिन्तन पाठकलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संघकी सचिव चन्द्रा श्रेष्ठले सञ्चालन गरेको कार्यव्रmममा उपाध्यक्षद्धय शुभद्रा भट्टराई र पवित्रा पाठकले स्वागत मन्तव्य र कार्यव्रmमको औचित्यमाथि प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: