महिला चेम्बरले गर्यो मेची सर्फको प्रमोसन

  प्रकाशित मिति
३१ असार २०७७, बुधबार १७:३२


बुद्धशान्ति, ३१ असार । महिला चेम्बर बुद्धशान्तिले एभरेष्ट साबुन उद्योगले उत्पादन गरेको मेची ब्रान्डको सर्फको प्रमोसन गरेको छ ।

बुधबार एक कार्यक्रमको आयोजना गरेर महिला चेम्बर बुद्धशान्तिले मेची ब्रान्डको सर्फको प्रमोसन गरेको हो ।
चेम्बरकी अध्यक्ष देवकुमारी शेर्माको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय उद्योगले उत्पादन गरेको सामग्री प्रयोग गरी त्यसको बजारीकरणमा सबैले भूमिका खेल्नुपर्ने कार्यक्रममा वक्ताहरुले बताएका छन् ।

अध्यक्ष शेर्माले बुद्धशान्तिमा उद्योग सञ्चालन हुनु ठूलो कुरा भएको बताउँदै रोजगारी सृजना हुने गरी उद्योग सञ्चालनमा ल्याउने सञ्चालकहरुलाई धन्यवाद दिइन् ।

संस्थाको कार्यालय बुधबारेमा भएको कार्यक्रममा चेम्बरकी वाणिज्य उपाध्यक्ष हिमा चम्लागाईले सबैलाई स्थानीय उत्पादन प्रयोगमा जोडदिन अनुरोध गरिन् । उनले आफुले मेची सर्फ प्रयोग गरिरहेको बताउँदै सर्फ स्तरीय रहेको प्रतिक्रिया समेत दिइन् ।

एभरेष्ट साबुन उद्योगका सञ्चालक अनिल वाग्लेले कार्यक्रम आयोजना गर्ने चेम्बरलाई धन्यवाद दिँदै मेची ब्राण्डको उत्पादनहरु स्तरीय रहने जानकारी दिए । क्वालिटीलाई महत्वमा राखेर आफ्नो उत्पादनहरु बजारमा ल्याउने उनले बताए । झापा, इलाम र मोरङमा मेची ब्रान्डको सर्फको बजारीकरण भइरहेको छ ।

५ जना सञ्चालक रहेको उद्योगले सर्फ, साबुन लगायतका बस्तु उत्पादन गर्दैछ । उद्योगमा वाग्ले, अनिलकुमार घिमिरे, खडानन्द लामिछाने, सौरभ श्रेष्ठ र अनुजा ढुंगाना कोइरालाको लगानी छ । उद्योग बुद्धशान्तिमा रहेकोे छ ।

कार्यक्रममा एभरेष्ट साबुन उद्योगका मार्केटिङ मेनेजर सेमन्त पोखरेलसहित चेम्बरका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन महासचिव नर्र्वदा चापागाईंले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: