महिला जनचेतना केन्द्रको तालिम

  प्रकाशित मिति
८ जेष्ठ २०७५, मंगलवार १६:१३


मेचीनगर । महिला जनचेतना केन्द्रको आयोजनामा पाँच दिने महिला हिंसा सचेतना सम्बन्धी तालिम मङ्गलबारबाट सुरु भएको छ ।

मेचीनगर नगरपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा सञ्चालित तालिमको उद्घाटन वडाध्यक्ष ललित तामाङले गरेका थिए ।

अझै पनि महिलाहरु कानुनका बारेमा जानकारी नहुँदा विभिन्न हिंसाबाट पीडित भइरहेको हुँदा यो तालिमको आयोजना गरिएको संस्थाकी अध्यक्ष राधा प्रधान कार्कीले बताइन् ।

पाँच दिनसम्म चल्ने तालिममा मेचीनगरभरिका महिलाहरुको सहभागिता रहेको छ । तालिमको सहजीकरण अधिवक्ता शारदा श्रेष्ठले गरिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: