महिला डाक्टरसहित मेचीनगरका ६ जनामा कोरोना

  प्रकाशित मिति
२१ भाद्र २०७७, आईतवार १५:४७


।। अर्जुन कार्की ।।

मेचीनगर, २१ भदौ । मेचीनगरमा एक जना महिला डाक्टरसहित ६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

धरान स्थित कोभिड अस्पतालका अनुसार बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा कार्यरत मेचीनगर–६ की २३ वर्षीया महिला डाक्टर, सोहि वडाकी एक जना १८ वर्षीया महिला, मेचीनगर–७ का एक जना ३४ वर्षीय पुरुष छन् ।

त्यस्तै मेचीनगर–६ स्थित होटलको क्वारेन्टिनमा बसेका ३८ वर्षीय ताप्लेजुङका एक जना पुरुष र काँकरभिट्टाका २१ र २५ वर्षीय २ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

श्रोतका अनुसार बीएण्डसी अस्पतालमा कार्यरत उनीसँगै १२ जना डाक्टरलाई कोरोना संक्रमण भएको बुझिएको छ ।

मेचीनगरका ६ जनामध्ये सशस्त्रका २ जनालाई मेची प्रादेशिक अस्पताल भद्रपुर, महिला डाक्टरलाई वीएण्डसीमा र अन्य ३ जनालाई धाइजनको आइसोलेसन वर्डामा पठाइने मेचीनगर नगरपालिकाले जनाएको छ ।

उनीहरु सबैको भदौ १७ गते स्वाबको नमुना संकलन गरिएको थियो ।

योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या १२२ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: