मेचीनगर । तमु ह्यूल छोंज धिं गुरुङ राष्टिय परिषद् मेचीनगर समितिले अग्रज राजनीतिज्ञ एवं समाजसेवी माया गुरुङलाई बुधबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
मेचीनगर ११ स्थित ङाग्युर देछ्छेन छोइलिङ गुम्बा परिसरमा आयोजित सम्मान कार्यक्रममा राजनीति र समाज सेवाको क्षेत्रमा अनवरत रुपमा सक्रिय मेचीनगर १ निवासी ७३ वर्षीया महिला अगुवा गुरुङ्गलाई सम्मान गरिएको हो ।
कार्यक्रमकी प्रमुख अतिथि सभाषद् उषा गुरुङ्ग,विशेष अतिथि फकस्टन सिटि बेलायतका पूर्व काउन्सिलर धनकिरण गुरुङ लगायतले सम्मानित ब्यक्तित्व गुरुङ्गलाई खादासहित दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथि गुरुङ्ग,विशेष अतिथि गुरुङ्ग,सम्मानित ब्यक्तित्व गुरुङ्ग,नेपाल यातायात स्वतन्त्र मजदूर संगठन काँकरभिट्टा इकाइका अध्यक्ष खडानन्द भण्डारी,नेपाली काँग्रेसका क्षेत्रीय उप सभापति हर्क फ्याक,नगर उप सभापति सुरेन्द्र बुढाथोकी लगायतले बोलेका थिए ।
कार्यक्रमका वक्ताहरुले सम्मानित गुरुङले वि.स.२०२९ सालमा तत्कालिन धुलाबारी गाविसको प्रधानपञ्च हँुदै अन्र्तपाटी महिला सञ्जाल झापाको अध्यक्षसम्मको जिम्मेवारी तथा त्यसअघि र पछिका कालखण्डमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
तमु ह्यूल छोंज धिं गुरुङ्ग महिला राष्टिय परिषद् मेचीनगरकी अध्यक्ष सिता गुरुङ्गको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत परिषद्का संगठन सचिव प्रकाश गुरुङ्ग र सञ्चालन परिषद्का नगर अध्यक्ष सुभाष गुरुङले गरेका थिए ।