धुलाबारी । धुलाबारीको कोलेनीमा सम्पन्न तेस्रो पूर्वाञ्चल स्तरीय महिला भलिबल लिग प्रतियोगिताको उपाधि मोरङ भलिबल क्लबले जितेको छ ।
आइतवार सम्पन्न भएको प्रतियोगितामा मोरङले १३ अङ्क ल्याएर उपाधि कब्जा गर्यो भने धनकुटा भलिबल क्लब १२ अङ्क ल्याएर द्वितीय र ११ अङ्क ल्याएर धुलाबारी क्लब तृतीय भयो ।
उपाधिसँगै मोरङले १५ हजार रुपैयाँ, शिल्ड, ट्रफी, प्रमाण पत्र प्राप्त गरेको छ । त्यसैगरी उपविजेता धनकुटाले १० हजार रुपैयाँ, शिल्ड, ट्रफी, प्रमाण पत्रमा चित्त बुझायो । धुलाबारीले ५ हजार रुपैयाँ सहित शिल्ड, ट्रफी, प्रमाणपत्र प्राप्त गरेको छ ।
खेलका सर्वोत्कृष्ट खेलाडी झापाकी प्रियङ्का राजवंशी घोषित भइन् भने बेष्ट सर्भिसमा धनकुटाका चन्द्रिका राई, बेष्ट स्पाइकरमा मोरङका झर्ना श्रेष्ठ, बेष्ट ब्लकरमा झापाका विपना राजवंशी, बेष्ट लिफ्करमा झापाका रञ्जु दर्जी, बेष्ट डिफेन्समा झापाकी निशा साह घोषित भए ।
लाडीलाई मुख्य प्रायोजक नरेन्द्र मेचे गछाम, राष्ट्रिय महिला भलिबल टिमका कोपीला उप्रेती, झापा भलिबल सङ्घकी कोच हेमा थापा, एम्पायर सञ्जय अधिकारी, मिलन डाँगीले पुरस्कार वितरण गरेको पूर्व जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशविव्रmम नेम्वाङले जानकारी दिए ।
तेस्रो पूर्वाञ्चल स्तरीय महिला भलिबल लिग प्रतियोगिताको सञ्चालनमा विषेश सहयोग गर्ने धुलाबारीको रिकोभरिङका राजेश गुरुङ लगायतलाई पनि प्रमाण पत्र प्रदान गरिएको छ ।