‘महिला राष्ट्रपति भएको देशमा महिला नै असुरक्षित किन ?’

  प्रकाशित मिति
२४ आश्विन २०७७, शनिबार १९:०१


फोटो साभार : रेडियो साथी

मेचीनगर, २४ असोज । एक पछि अर्को बलात्कार र हत्याका घटना बढिरहेको भन्दै मेचीनगरका युवाले ‘महिला राष्ट्रपति भएको देशमा महिला नै असुरक्षित किन ?’ भनेर सडकमा प्रश्न गरेका छन् ।

महिला जागरण क्लव मेचीनगरको आयोजनामा शनिवार इटाभट्टामा गरिएको विरोध प्रदर्शनमा सहभागीहरुले ‘महिला राष्ट्रपति भएको देशमा महिला नै असुरक्षीत किन ?’ भनेर लेखिएको प्लेकार्ड बोकेर बजार परिक्रमा गरेका हुन् ।

बझाङमा केही अघि १३ वर्षीया सम्झना विकको बलात्कार पछि हत्या भएको लगायतका घटनाको विरोधमा ¥यालीसहित कार्यक्रम गरिएको हो ।

र्यालीमा किशोर÷किशोरीदेखि आम सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।

¥यालीका सहभागीले ‘मौन बसेको सरकार किन बढ्दैछ बलत्कार’, ‘९ महिनाको बालिकाको के दोष ?’, कोरोनाबाट मर्न तयार छु तर बलात्कृत भएर कदापि छैन’ , ‘महिला राष्ट्रपति भएको देशमा महिला नै असुरक्षित किन ?’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

¥याली पछि आयोजना गरिएको कार्यक्रममा लेखक उज्वल प्रसाईं, स्थानीय युवा सागर शिवाकोटी, माइती नेपालकी प्रतिनिधि सारथी राजवंशी लगायतले महिला माथि हुने हिंसा विरुद्ध घरैबाट खुलेर बोल्न र प्रतिवाद गर्न आग्रह गरे ।

क्लवकी सह–सचिव नर्बदा लुइटेलले क्लव स्थापना र कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रममा अध्यक्ष लुना दाहालले अध्यक्षता र सचिव कुसुम दाहाल उद्घोषण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: