महिला समूहको शिविरमा निःशुल्क सेवा

  प्रकाशित मिति
३ फाल्गुन २०७६, शनिबार १९:२६


धुलाबारी । मेचीनगर–९ मा आयोजना भएको एकदिने स्वास्थ्य शिविरमा ४ सय बढीले स्वास्थ्य परीक्षण गराएका छन् ।

समाज सुधार महिला समूहको आयोजनामा सम्पन्न शिविरमा जेनेरल फिजिसियन, आँखा उपचार र पाठेघरको परीक्षण गरिएको समाज सुधार महिला समूहकी अध्यक्ष सङ्गीता थापाले बताइन् ।

मेचीनगर नगरपालिका वडा नम्बर ९ को आर्थिक सहयोगमा सम्पन्न भएको शिविरमा मेची नेत्रालय आँखा अस्पताल मेचीनगरले शिविरमा आएका बिरामीहरुको आँखाको जाँच गरेको थियो ।

त्यस्तै, परिवार नियोजन सङ्घको प्राविधिक सहयोगमा पाठेघरको परीक्षण गरिएको थियो ।

परिवार नियोजन सङ्घको तर्फबाट प्रमिला गौतमले शिविरमा आएका महिलाहरुको पाठेघरको परीक्षण गरेकी थिइन् भने फिजिसियन डा. खगेन्द्र दाहालले शिविरमा सहभागीको स्वास्थ्य जाँच गरेका थिए ।

समाज सुधार महिला समूहकी अध्यक्ष सङ्गीता थापाको सभापतित्वमा सम्पन्न स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मेचीनगर ९ का वडा अध्यक्ष गोपाल खड्का रहेका थिए ।

मेचीनगरको स्वबोध साधना केन्द्र बाल आश्रमको परिसरमा सञ्चालित स्वास्थ्य शिविर उद्घाटन सत्रमा मेचीनगर ९ की वडा सदस्य मीना गजमेर, धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष अजय घिमिरे, मेची नेत्रालय आँखा अस्पतालका प्राविधिक योगेन्द्र राउतलगायतले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको महत्व बुझाउन पनि यस्ता स्वास्थ्य शिविरले सहयोग पुग्ने बताए ।

समूहकी प्रतिक्षा पराजुलीले स्वागत मन्तव्य राखेको कार्यक्रम समूहकी सचिव मञ्जु कट्टेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: