महिला हिंसाको दोषी को ?

  प्रकाशित मिति
९ मंसिर २०७३, बिहीबार १०:५८


mahila-simsa
अचेल अधिक समाचारमा महिला हिंसाका प्रसङ्ग उल्लेख गरिएका पाइन्छन् । बलात्कारका कयौँ घटनाहरु छापामा देखिन्छन् । अवोध शिशु अवस्थामा रहेकी बालिका बलात्कारी शिकार बन्छे । त्यो शिकार गर्ने पशुप्रति साच्चै न्यायको फैसला गर्न रुचाउँदैन न्यायको निसाफ दिन उभिएको न्यायालयको मान्छे, उल्टै ढाकछोप गरेर बचाउन समाज लागिपर्छ । समाजमा महिला हिंसाको स्थिति कायम रहन विभिन्न तत्वले भूमिका निर्वाह गरिरहेका हुन्छन् । नेपालको सन्दर्भमा कुल जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरू अहिलेसम्म पनि विभेद, असमानता, अन्याय तथा विभिन्न खालका हिंसाको सिकार भइरहेका छन् ।

देशमा धेरै ठूला राजनीतिक परिवर्तन भएका छन् । तर, ती परिवर्तनलाई निर्णायक बिन्दुमा पु¥याउन आफ्ना तर्फबाट भूमिका निर्वाह गर्ने नेपाली महिलाहरूको जीवन र मर्यादामा भने उल्लेखनीय परिवर्तन आउन सकेको छैन । त्यसको परिणाम फटाइँ गर्नेले अझै प्रोत्साहन पाउँछ । आखिर त्यसलाई ढाकछोपमा राख्न अभिप्रेरित गर्न महिलाहरुको पनि संलग्नता अवश्य नै रहन्छ । न त उसलाई उसका आमा दिदीबहिनी, स्वास्नी अथवा छरछिमेक कसैले पनि ढाकछोप नगर्ने हो र अपराध लुकाउन नदिने हो भने उसले एक्लै त्यस्तो दुष्कर्म गर्न नै सक्दैन । विगतको तुलनामा अहिले महिला हिंसाका घटनामा उजुरी गर्ने व्रmममा वृद्धि भएको छ ।

यस्ता घटनाविरुद्ध राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग, प्रहरी कार्यालयका महिला सेल, महिला तथा मानव अधिकार संस्था आदिमा पीडितहरूले निवेदन दिने गरेको पाइन्छ भने सम्बन्धविच्छेदसम्बन्धी मुद्दा जिल्ला अदालतमा पेस हुने गरेका छन् । ती सबै निकायमा अघिल्लो वर्षको तुलनामा हरेक वर्ष महिला हिंसाविरुद्धका उजुरीहरू बढ्दै गएको पाइए पनि उजुरी लिने निकाय धेरै भएकाले हरेक वर्ष कति उजुरी पर्छन् भन्ने यकिन तथ्याङ्क बाहिर आउन सकेको छैन । उजुरी प्रव्रिmयालाई अघि बढाउँदा पीडितहरूले न्याय पाउन थालेका उदाहरण पनि देखिएका छन् तर उजुरी गर्ने सबै पीडित न्यायको सुनिश्चितता भने अझै हुन सकेको छैन । कानुन बनाइए पनि त्यसलाई व्रिmयाशील गराउन आवश्यक पर्ने नियमावली, निर्देशिकालगायत अन्य संरचना निर्माण नहुनुले कानुनी प्रावधानहरू केवल कागजमा मात्र सीमित छन् ।

विविध घटनालाई नियाल्ने र तिनका पटाक्षहरु मसिनो गरी केलाउने हो भने बिनामहिलाको हात त्यस्ता अपराध हुन नसक्ने देखिन्छ । हाम्रो समाजमा महिलाको मुख्य सत्रु महिला नै भएको देखिन्छ । यो नै गलत परिणामको उपज हो । एक महिलाले अर्को महिलाई चिन्न सक्नुपर्छ । भावना र प्रेम साट्न सक्नुपर्छ । सत्रुता होइन, मानवीय समवेदना प्रकट गर्न सक्नुपर्छ । हामी विशुद्ध भएर आफ्नो ठाउँ, देश र समाजप्रति सजग बन्न सक्नुपर्छ । त्यसले सभ्य परिवार समाज, राष्ट्र र विश्व बनाउन मद्दत गर्दछ । नत्र समाज आफैँ विकसित बन्ने परिकल्पना गर्न सकिन्न ।

मानव समाज त चेतना र सुसभ्य भएर चल्नु पर्ने हो तर मान्छे पशुभन्दा तल्लो स्तरको भएर हिँडेको हिँड्यै छ । नियम कानुन एकातिर हुन्छन् र मान्छे अर्कोतिर भाग्ने अनेक सौदाबाजी गरिरहन्छ । यसैको उपज समाजमा अनेक असामाजिक गतिविधिहरु बढिरहेको हुन्छन् । ‘अव देश बिग्रियो । कामै नलाग्ने भयो । बस्नु पनि कसरी ? संसारका कयौँ देशहरु कति विकसित भइसके, हामी भने अझै पछौटे नै भयौँ’ आज आम युवाहरु यसै भन्छन् । विदेशी कमाइको प्रलोभनमा सबैलाई खाडी र मुगलान भासिनमै मजा छ, अरुको चाकरी गरेर बस्नमै मजा छ । विदेशतिर नजाने कोही भएनौँ । हामीले आपूmभित्र सम्भावना नै देख्न छाडिसकेका छौँ । यहाँ केही हँुदैन भन्ने हाम्रो मानसिकता बनिसकेको छ । विदेशी डलरको धङ्धङेले हामीलाई मताइसकेको छ । अनि हामी विदेसिन अग्रसर छौँ, लाम लागेका छौँ । केही युवाहरु घर खेत अलपत्रै पारेर परदेसिएकाहरुको हालत देख्दा टिठ लाग्छ । छँदा खाँदाको श्रीमती अर्कैतिर लहसिदैछन् ।

छोराछोरी चटक्कै छाडेर अर्कै लोग्नेतिर लाग्ने गरेका स्वास्नीमान्छेहरु महिला हिंसा भएका अनेकौँ जुलुस, भाषण र पुराण लगाउँछन् र महिला हक अधिकारका मुद्दा खेप्छन् । मुक्ति प्राप्त महिलाहरु न्याय र अंशवण्डाको नाममा पुरुषसँग आफ्नो हक खोज्न उद्यत रहन्छन् । के मुक्ति प्राप्त महिलालाई हो भने पुरुषलाई हो कि होइन ? अधिकांश मुद्दा महिलामाथि हुने गरेका हिंसात्मक गतिविधिमा महिलाकै हात छन् । कानुनी रुपले महिलाकै कुरा माथि छन् । महिला अधिनायकत्वको मारमा पुरुष पनि त दविन बाद्य बनिरहेछ । परिवार मिलाउन नसकि विदेशी डलर मात्र देख्ने पुरुषका हालत पनि त हामीले देखेकै छौँ ।

कतिपय नियतिसँग खेल्न खप्पिस महिलाहरुले त कयौँ पुरुषलाई विदेशीको कमारो बनाएर परपुरुषसँग मोजमस्ती मच्चाइरहेका कयौँ दृश्यहरु हाम्रै समाजमा छ्यापछ्याप्ती छन् । विदेशबाट खुरुखुरु कमाएर घर परिवारलाई पठाइरहने पुरुषहरु अझै पराईको चाकरीमा नै हाड घोटिरहेको हुन्छ, यता स्वास्नीले आफ्नै तालमा नाठो नचाएर मस्ती मारिरहेकी हुन्छे । पछि फर्किंदा त्यसखाले लोग्नेको न घर रहन्छ न पैसा बच्छ ? न स्वास्नी नै आफ्नो बसमा रहन्छे । यस्तो अवस्थाले हाम्रो समाज कति आव्रmान्त बनेको छ ? यसप्रति समाजको आँखा परेको छ या छैन ? देश बिग्रिएको पीडा खेपेर आफू परदेश गएको श्रीमानले आफ्नै घर भत्किएको पत्तो नै नपाएका कयौँ दृष्टान्त यही समाजमा छन् । तिनलाई कसले न्याय दिलाउने ? घरका मुलीहरु बिचल्लीमा पर्दा उमेर चढेका तिनका छोराछोरीहरुको दुर्गति र तालको के हिसाब होला ? समाजमा आएको यो छाडापनले कति ठाउँमा त सामाजिक सद्भाव समेत बिग्रिएको छ । यसबाट कस्तो समाज र राष्ट्रको परिकल्पना गर्न सकिन्छ होला ?

त्यसो त जेल बस्दासम्म घरमै भएकी विश्व चर्चित अस्वेत नेता नेल्सन मण्डेला समेतको घर बिथोलिएको तीतोसत्य पनि त उदाहरणकै रुपमा छ नि ! स्वास्नी पोइला हिँड्नु, छोरा एड्सका कारण मर्नु के मण्डेलाका लागि सहज थियो होला र ? यस्ता कयौँ उदाहरण छन् समाजमा । तर समाज एकलकाँटे तराजु तौलिनमै व्यस्त हुन्छ ।

भूल वा अज्ञानवश कुनै घटना हुनु स्वाभाविक हुन्छ र मान्न सकिन्छ । तर, यो दृश्य मनुवा त उल्टै नियतिको खेती गरेर आफ्नो असली स्वरुप पो देखाइरहन्छ । तसर्थ मान्छेलाई केवल फूलका आँखाले मात्र हेरेर पुग्दैन, उसका कोटबाट निस्किएका अत्यन्त तिखा दारा र नङ्ग्राले त कयौँ मानवहरुको निर्मम हत्या र हिंसा भइरहेको छ । त्यो केवल पुरुषमा मात्र होइन महिलामा समेत बिगबिगी र सनसनीपूर्ण छ ।

साँच्चो अर्थमा हेर्ने हो भने आपराधिक कर्म केवल पुरुषबाट मात्रै हुनै सक्दैनन् । त्यसका पछाडि कुनै न कुनै रुपमा महिलाको सहभागिता अवश्य नै रहेकै हुन्छ । समाजमा साँच्चै सन्तुलित न्याय निरुपण गर्ने नै हो भने पुरुष र महिला दुवैमा स्वच्छता, निर्मलता र पवित्रता हुन आवश्यक छ ।
दmििबmष्अजजबलभ२नmबष्।िअयm

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: