महेन्द्रद्वारको सभा र जडिवुटी प्रशोधन केन्द्रको उद्घाटन

  प्रकाशित मिति
२३ मंसिर २०७७, मंगलवार २१:०५


मेचीनगर, २३ मंसिर । प्रदेश नम्बर एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले महेन्द्रद्वार सहकारी संस्था मेचीनगर–६ को ३१औँ बार्षिक साधारण सभा तथा जडिवुटी प्रशोधन केन्द्रको आज एक कार्यक्रमकावीच उद्घाटन गरेका छन् ।

मेचीनगर–८ स्थित जडिवुटी प्रशोधन केन्द्रको परिसरमा संस्थाको बार्षिक साधारण सभा तथा उक्त केन्द्रको मन्त्री आङ्बोले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा मन्त्री आङ्बो, कृषि राज्य मन्त्री राम राना मगरले महेन्द्रद्वार सहकारी संस्थालाई प्रदेश सरकारले सँगसँगै लिएर अघि बढ्ने बताएका थिए ।

कार्यक्रममा जडिवुटी सहकारी संघका केन्द्रीय अध्यक्ष तथा सहकारी विकास बोर्डका सञ्चालक इश्वारी पाण्डे, नेकपा मेचीनगर अध्यक्ष माधव अर्याल, नपाली काँग्रेस नगर उपसभापति सुरेन्द्र बुढोथोकी, समाजवादी पार्टीका नगर अध्यक्ष ओमप्रकाश खापुङ, राप्रपा नगर अध्यक्ष शुशिल आचार्य, मेचीनगरका सहकारीहरुका तर्फबाट भुपाल शिवाकोटी, मेची उद्योग बाणिज्य संघकी महिला उपाध्यक्ष विना तामाङ, नेपाल पत्रकार महासंघ झापा शाखाका सचिव सन्तोष आचार्य लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रदेश नम्बर १ का सांसद् श्रीप्रसाद मैनाली, जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, राष्ट्रिय किसान आयोगकी केन्द्रिय सदस्य मिना तामाङ, नाइट चेस क्लब काँकरभिट्टाका अध्यक्ष राजु कार्की लगायतको आतिथ्यता रहेको थियो ।

संस्थाका अध्यक्ष राजकुमार दाहाल (राजु) को सभापतित्व, उपाध्यक्ष पुस्कलकुमार वस्नेतको स्वागत एवम् सल्लाहकार सदस्य डिल्लीराम घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैवीच महेन्द्रद्वार सहकारी संस्थाको निर्वाचन सम्पन्न गर्नका लागि समिति गठन भएको छ । जिल्ला सहकारी संघका सहसचिव भवानीप्रसाद दंगालको संयोजकत्वमा डिल्लीराम घिमिरे, सुरेन्द्र बुढाथोकी, शुशिल आचार्य, केवलराम राई सदस्य रहेको निर्वाचन समिति गठन भएको संस्थाका अध्यक्ष दाहालले जानकारी दिए । यहि मंसिर महिनासम्ममा निर्वाचन सम्पन्न हुने गरिको समिति निर्माण भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost[email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: