महोत्सवको चौथौ दिन १५ हजार बढीको अवलोकन

  प्रकाशित मिति
१२ पुष २०७६, शनिबार १८:२०


मेचीनगर । धुलाबारीमा भईरहेको तस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा अवलोकन तथा मनोरञ्जन गर्न आउने मनिसहरुको संख्या उल्लेखिय भएको छ । महोत्सवको चौथो दिन १५ हजार भन्दा बढी मानिसहरुले अवलोकन गरेका छन् ।
मेची उद्योग वाणिज्य संघको आयोजनामा धुलाबारीमा भईरहेका महोत्सवमा हालसम्म ४५ हजार मनिसहरुले अवलोकन गरीसकेको मेची उद्योग माणिज्य संघका अध्यक्ष ऋषि तिम्सिनाले जानकारी दिए । महोत्सवको पहिलो दिन १५ हजार, दोस्रो दिन ८ हजार, तेस्रो दिन ७ हजार तथा चौथो दिन १५ हजार भन्दा बढीले अवलोकन गरेको तिम्सिनाले बताए । हालसम्म ३५ हजार भन्दा बढीको टिकट बिक्री भईसकेको आयोजकले जानकारी दिएको छ।


सुरक्षा व्यवस्था चुस्त
महोत्सवमा आउने अवलोकन कर्ताको शान्ति सुरक्षाको मध्यनजर गरी थप सुरक्षा चुस्त बनाईएको सुरक्षा संयोजक नारायण सुनारले जानकारी दिए । संयोजक सुनारका अनुसार सेक्युरीटी गार्ड, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी साथै स्वयं सेवकहरु समेतले महोत्सवको सुरक्षा व्यवस्था चुस्तदुरुस्त रहेको बताए ।

अर्थविद अच्युत वाग्लेको संभाषण
महोत्सवको अर्को महत्वपूर्ण कार्यक्रम अन्तरगत विषय विज्ञ तथा जानकारहरुसँगको अन्तरक्रिया साथै सम्भाषण कार्यक्रमहरु पनि महोत्सवमा रहेको छ । सोही कार्यक्रम अनुरुप शनिबारको कार्यक्रममा अर्थविद अत्युत वाग्लेले संभाषण दिएका थिए । वाग्लेको संभाषणपछि उपस्थित सहभागिहरुसँग अन्तरक्रियाको कार्यक्रम पनि रहेको थियो । वाग्लेले वर्तमान नेपालको अर्थराजनीतिमा हुनुपर्ने गुणहरुको वारेमा खुलेर चर्चा गरे । उनले नेपाली लगानीमा हुनुपर्ने गुणहरु साथै सम्भावनाहरुको पेरीफेरीमा आफ्नो भनाईहरु व्यक्त गरेको थिए । लागनीमा आवश्यक व्यवास्थापकिय तथा प्रविधिक गुण हुनु पर्नेमा उनको जोड रहेको थियो । संभाषण कार्यक्रम अन्तरगतकै अर्को कार्यक्रम सोमबार चिया तथा कफि सम्बन्धि कार्यक्रम रहेको संचार संयोजक सन्दिप ओलिले जानकारी दिनुभयो । उक्त कार्यक्रम चिया तथा कफि विकास बोर्डको अग्रसरतामा हुने कृषि समितिको संयोजक रविचन्द्र नेपालले जानकारी दिए । नेपालका अनुसार चिया विज्ञ इन्द्रप्रसाद अधिकारीले संभाषण दिने बताए ।


विदेशी पर्यटकहरुको उल्लेखिय उपस्थिति
महोत्सव अवलोकन गर्न आउने विदेशी पर्यटकहरुको समेत उल्लेखिय उपस्थिती रहेको छ। महोत्सवमा अवलोकन साथै नेपाली स्थानिय उत्पादन खरिद गर्ने उदेश्य नै राखेर आउने पर्यटकहरु धेरै संख्यामा आएको मेची उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मोहन निरौलाले जानकारी दिए । निरौलाको अनुसार भारतको पश्चिम बंगाल तथा भारतको विभिन्न प्रान्तहरुबाट मेला भर्न साथै महोत्सव घुम्न पर्यटकहरु आएका छन् । नेपाल र भारतको वाणिज्य संघहरुसँग आवश्यक सहकार्य रहेकोले पनि भारतबाट अझै धेरै पर्यटकहरु आउने अपेक्षा मोहन निरौलाको रहेको छ ।


दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुती
त्यस्तै महोत्सवको मुख्य आकर्षणको रुपमा साँझको सास्कृतिक कार्यक्रम रहने गरेको छ । हरेक दिन राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती हेर्न आउने मानिसहरुको उल्लेखिय उपस्थिति हुने गरेको छ । शनिकारको कार्यक्रममा सुगम पोखरेल, आस्था राउत तथा हास्य कलाकार मनोज गजुरेलको विषेश प्रस्तुती रहेको थियो । दर्शकहरुले स्थानिय कलाकारहरुको साथै राष्ट्रिय कलाकारहरुसँग प्रत्यक्ष गाँउदै झुम्न पाउदाँ साँझको कार्यक्रम झनै अकर्षक भएको महिला उद्यमी उपसमितिकी संयोजक बिना तामाङले जाकारी दिईन । भोलिको कार्यक्रम अन्तरगत कर्मा व्याण्ड, प्रितम आचार्य, जमिर अलिको प्रस्तुती रहने जानकारी सांस्कृतिक उपसमिति संयोजक ध्रुव कनालले जानकारी दिए ।


महोत्सव हालसम्म सभ्य र भव्य बनाउन सफल भएकोमा आयोजक समितिका संयोजक भुमि पौडेलले सबै सहयोगी तथा अवलोकन कर्ताहरुलाई धन्यवाद दिए । उनले महोत्सवलाई थप आर्कर्षक बनाउन विभिन्न अतिरिक्त कार्यक्रमहरु समेत थपिएको बताउदै सबैलाई सकारात्मक सहयोग गरीदिन आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: