महोत्सवमा साहित्यिक बहस

  प्रकाशित मिति
२९ माघ २०७६, बुधबार १६:४८


मेचीनगर । काँकरभिट्टामा आयोजित छैठौँ एसियन ग्रामीण पर्यटन् महोत्सवको तेस्रो दिन मङ्गलवार साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

मेची मासु सहकारी संस्थाकी व्यवस्थापक तथा महोत्सवकी साहित्य संयोजक अनिता गुराँगाईको सभापतित्व तथा प्राज्ञ सदस्य सुभद्रा अर्याल भट्टराईको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विशिष्ट अतिथि भानु साहित्यिक प्रतिष्ठान काँकरभिट्टाका अध्यक्ष कृष्णप्रसाद उप्रेती, साहित्यकार कोमलप्रसाद पोखरेल, पुण्यप्रसाद खरेल लगायतले बोलेका थिए ।

सो अवसरमा साहित्यकार हरिनारायण भट्टराई, मिना अधिकारी, दुर्गा सिक्देल, टीका भट्टराइर्, विरही अधिकारी, पर्शुराम तिम्सिना कलकत्ताका साहित्यकार देवज्योति लाहिरी, व्राजिलका साहित्यकार इटालो रोवेरो लगायतले कविता वाचन गरेका थिए ।

कार्यक्रममा बहुप्रतिभाका धनी साहित्यकार मात्रिका संग्रौलाले नाकले मुर्चुङगा, बाँसुरी लगायत बिभिन्न बाध्य सामाग्रीको धुन सुनाएका थिए । उनले पालङ गीतसमेत गाएका थिए ।

कार्यक्रममा एकता महिला समूहको रोचक संगिनी नृत्य, काँकरभिट्टा माविका विद्यार्थीहरुको साकेला नृत्य, थारु कल्याणकारी सभा मेचीनगर र राजवंशी समुदाय लगायत विभिन्न जात–जातीको जातीय नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा भारतको दार्जेलिङ निवासी सेमसङ तामाङद्धारा लिखित खानाको परिकार सम्बन्धी दुई वटा पुस्तक लोकार्पण गरिएको थियो । पुस्तकको लोकार्पण प्रमुख अतिथि अर्याल र महोत्सवका आयोजक

समितिका संयोजक अर्जुनकुमार कार्कीले संयुक्त रुपमा गरेका थिए । पुस्तकको विषयमा निलिमा तामाङले प्रकाश पारेकी थिइन् ।

संयोजक कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सुसेली साहित्यिक परिवारका सचिव कनकबहादुर कार्कीले गरेका थिए ।

तीन दिनमा २५ हजार भन्दाबढीले महोत्सव अवलोकन गरेको सल्लाकार संयोजक डिल्लीराम घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: