महोत्सव स्टलहरु धमाधम बुकिङ

  प्रकाशित मिति
५ मंसिर २०७६, बिहीबार २०:१४


मेचीनगर । मेचीनगरको धुलाबारीमा आगामी पुस ९ गतेदेखि सुरु हुने तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवको करिब ६० प्रतिसत स्टलहरु बुकिङ भइसकेको छ ।
महोत्सव आयोजक मेची उद्योग वाणिज्य सङ्घका अनुसार स्टलहरु धमाधम बुकिङ भइरहेका छन् । मङ्सिर १ गतेबाट बुकिङ खुल्ला गराइएकोमा ५ दिनमा ६० प्रतिशतभन्दा बढी स्टलको बुकिङ भइसकेको र अन्य स्टल बुकिङ हुने क्रममा रहेको आयोजक समितिका संयोजक भूमि पौडेलले जानकारी दिए ।
भ्रमण वर्ष–२०२० लाई लक्षित गरी आगामी पुस ९ गतेदेखि तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव हुने भएको हो । नेपालमा भित्रिएका र भित्रिने क्रममा रहेका वस्तु तथा सेवालाई एउटै छानामुनी अवलोकन गराउने उद्देश्यले धुलाबारी विजनेस पार्क परिसरमा महोत्सव सञ्चालन गर्ने तयारी तीब्र रुपमा भइरहेको छ ।


दुईसय स्टलहरु रहने उक्त महोत्सवमा विभिन्न उत्पादन तथा कच्चा पदार्थहरु साथै अन्य विभिन्न उपकरण र आधुनिक औजारहरुको प्रदर्शनी रहनेछ । हालसम्म बुकिङ भएका स्टलहरुमा अटो मोबाइल्स, सूचना प्रविधि, वित्तीय संस्थाहरु, लुब्रिक्यान्टस्, फोटो जोन, अन्तर्राष्ट्रिय स्टलहरु, पयर्टन, कृषि, फोटो प्रदर्शनी, विभिन्न ह्यान्डीक्राफ्ट लगायत रहने छन् ।
घरेलु उद्योग तथा स्थानीय उत्पादनलाई महोत्सवको माध्यमबाट उपभोक्ताहरुको माझमा ल्याउन महोत्सवले पुलको काम गर्ने मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिनाले बताए । उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध स्थापित गर्ने मूल लक्ष्यसहित आयोजना हुन लागेको महोत्सवमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका, विदेशी वस्तुहरु र पहाडी जिल्लाका कृषिजन्य र अन्य उत्पादनका समेत गरी करिब २ सयवटा स्टलहरु रहने सङ्घका अध्यक्ष तिम्सिनाले बताए ।
नेपाललगायत छिमेकी राष्ट्रहरुका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरुलाई एउटै मञ्चमा सहभागी गराई सामाग्रीहरुको प्रत्यक्ष अवलोकनसहित जानकारी गराउनु महोत्सवको मुख्य विशेषता हुने जनाइएको छ ।
आयोजकले नेपाल उद्योग वाणिज्य महासङ्घ, प्रदेश उद्योग वाणिज्य महासङ्घ, मेचीनगर नगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय, झापा जिल्लाका स्थानीय तह लगायतसँग सहकार्य गरी महोत्सवलाई सभ्य, भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्ने योजना अघि सारेको बताइएको छ ।
पर्यटन भ्रमण वर्ष–सन् २०२० लाई समेत लक्षित गरी आयोजना गर्न लागिएको महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न आयोजकले उद्योगपति, व्यापारी, स्थानीय तह, राजनीतिक दल, सुरक्षा निकायलगायत सबै पक्षसँग अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: