माइती नेपालको देशव्यापी अभियान

  प्रकाशित मिति
१३ फाल्गुन २०७४, आईतवार ११:४९


?

मेचीनगर । माइती नेपालले चेलीबेटी बेचबिखनविरुद्ध देशव्यापी चेतनामूलक अभियान सुरु गरेको छ । अभियान काँकरभिट्टादेखि कञ्चनपुरसम्म सञ्चालन गरिनेछ ।

शनिबार एक कार्यव्रmमका बीच अभियानको सुरुवात गरिएको छ । अभियानको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले शुभारम्भ गरेका छन् ।

अभियान अवधिभर मुख्य सहर तथा बजारमा चेलीबेटी बेचविखनविरुद्ध सडक नाटक, र्याली र अन्तरक्रिया कार्यक्रम गरिदैछ ।

माइती नेपालका पूर्वाञ्चल क्षेत्रीय संयोजक गोविन्द घिमिरेले माइती नेपालको स्थापना भएको २५ औँ बर्ष पुगेको अवसरमा अभियान सञ्चालन गरिएको बताए । उनका अनुसार फागुन १६ गते हेटौँडामा पुगेर अभियान समापन गरिनेछ ।

उद्घाटन कार्यव्रmममा माइती नेपालकी केन्द्रीय अधिवक्ता उमा तामाङले मानव बेचबिखन तथा ओसारपसारको बदलिँदो स्वरुपलाई भत्काउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताइन् । उनले संसारका धेरै मुलुकहरुमा नेपाली चेलीहरु बेचिने गरेको सुनाइन् ।

माइती नेपालले हालसम्म १ लाख २५ हजार महिला तथा बालबालिकाको उद्धार तथा संरक्षण गरेको जनाएको छ । विभिन्न जिल्लामा १३ वटा आवधिक गृह सञ्चालनमा छन् । २५ हजार भन्दाबढी प्रभावितलाई पुनस्र्थापना गरिएको माइती नेपालले जनाएको छ ।

उद्घाटन कार्यव्रmममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेल, झापा जिल्ला सङ्घीय प्रहरी एकाई कार्यालयका एसएसपी पिताम्बर अधिकारी, एसपी बिष्णु केसी, मेचीनगरका मेयर बिमल आचार्य, उपमेयर मीना उप्रेती, इलाका प्रहरी कार्यालयका डिएसपी टङ्क भट्टराई, सशस्त्र प्रहरी बल काँकरभिट्टाका डिएसपी दिनेश बस्नेत, नेपाली काङ्ग्रेसका झापा उपसभापति राम कट्टेल, क्षेत्रीय सभापति मणिकुमार उप्रेती लगायतको सहभागिता रहेको थियो ।

माइती नेपालका वरिष्ठ कार्यक्रम अधिकृत सविन गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: