माइमेलामा तीन सय प्रहरी खटिँदै

  प्रकाशित मिति
२९ पुष २०७२, बुधबार ०७:२६


mai police

कनकाई । तीन दिनमा करीव अढाई लाख धार्मिक तीर्थालु भित्रिने अनुमान गरिएको पूर्वकै ठूलो झापाको माइमेलाको सुरक्षार्थ यसपाली ३ सय प्रहरी परिचालन गरिने भएको छ ।

कनकाई नदीको दुबै किनारमा माघ १ गते र त्यसको एक दिन अघि–पछि भव्य रुपमा धार्मिक मेला लाग्ने गरेको छ । मकर सङ्व्रmान्तिको अवसर पारेर परम्परागत रुपमा लाग्ने यस मेलालाई व्यवस्थित तुल्याउन दुबैपट्टि सुरक्षाकर्मी परिचालन गरिने भएको हो ।

‘अङ्ख्य तीर्थयात्री आउने मेलामा कुनै अप्रिय गतिविधि हुन नपाओस् भनेर सुरक्षा तैनाथी बढाउन लागिएको हो’, सुरुङ्गा इलाका प्रहरी चौकीका इञ्चार्ज नविनकुमार घिमिरे भन्छन्–‘३ सयको हाराहारीमा प्रहरी परिचालित हुने छन् ।’

कनकाइको पूर्वी तटमा हुने मेलाको सुरक्षाको बन्दोवस्त विर्तामोड इप्रका र पश्चिम तटमा हुने मेलाको सुरक्षाको वन्दोवस्त झिलझिले इलाका प्रहरी कार्यालयले मिलाउने भएको छ ।

प्रहरी स्रोतका अनुसार मेलामा कानूनले निषेध गरिएका कुनै पनि गतिविधि हुन नदिन, तीर्थ यात्रीको सुरक्षा ग्यारेन्टी गर्न र पूर्व पश्चिम राजमार्ग सुचारु तुल्याउन ठूलो सङ्ख्यामा प्रहरी परिचालन गर्न लागिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता प्रहरी नायव उपरीक्षक भीम दाहालका अनुसार यसपाली मेलालाई पूर्ण सुरक्षित बनाउन विशेष सुरक्षा योजना बनाइएको छ ।

सुरक्षा योजना बमोजिम पूर्व पश्चिम राजमार्गमा ठूलो सङ्ख्यामा ट्राफिक प्रहरी खटाएर राजमार्ग सुचारु गराइने भएको छ । ‘राजमार्ग कुनै हालतमा अवरुद्ध हुन दिने छैनौँ’–दाहालले भन्छन् ।

प्रहरीले राजमार्ग, मन्दिर, मेला स्थल, पुल र सुरुङ्गा बजारलाई विशेष फोकस गर्दै सुरक्षाकर्मीको युनिट खटाउने भएको छ । जसमा मन्दिरमा महिला भक्तजनको सुरक्षाका लागि कम्तीमा १५ जनाको महिला प्रहरी टोली खटिने भएको छ ।

मेलामा जुवातास खेल्न र मदिराको बेचविखन गर्न नदिने विषयमा मेला आयोजक समिति, स्थानीय राजनीतिक दलहरू, धार्मिक संस्थाहरू, नगरपालिका र सुरक्षा निकायविच सहमति भइसकेको छ । यसलाई कार्यान्वयन गर्न प्रहरीले विशेष भूमिका निर्वाह गर्ने भएको छ ।

मेलामा आयोजकले ८० जना प्रशिक्षणप्राप्त स्वयम्सेवक परिचालन गर्ने र उनीहरूले भक्तजनलाई धार्मिक कार्य गर्न सहज वातावरण बनाइदिने भएका छन् ।

कनकाई धार्मिक विकास संस्थाले कोटीहोम क्षेत्रमा छुट्टै स्वयम्सेवक परिचालन गर्ने संस्थाका अध्यक्ष नारायण पोखरेलले बताएका छन् । ‘भक्तजनलाई सहयोग पुर्याउनु हामी सबैको उद्देश्य हो’, अध्यक्ष पोखरेल भन्छन्–‘कोटीहोम क्षेत्रमा आउने भक्तजनलाई दुबै पक्षका स्वयम्सेवकले आपसमा मिलेर सहयोग पुर्याउने छन् ।’

कनकाई नगरपालिकाका कार्यकारी अधिकृत अनुज गौतमले मेलाको सफलतासँग कनकाई नगरको प्रतिष्ठा गाँसिएको उल्लेख गर्दै माइमेलालाई धार्मिक पर्यटनका दृष्टिले प्रबर्धन गर्न आवश्यक रहेको बताएका छन् ।

कनकाई उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज सङ्ग्रौला विगतमा प्रहरीबाट मेलामा व्यवसायीसँग पैसा मागिएको गुनासो आएको उल्लेख गर्दै मेलाको धार्मिक महत्व जोगाउनु पर्ने बताउँछन् ।

मेलाका नाममा नराम्रा विकृति भित्रिने सम्भावना भएकाले त्यसतर्फ चनाखो हुन नेकपा एमाले कनकाई अध्यक्ष कोमल पन्त सुझाव दिन्छन् ।

कनकाई पूर्वको रमाइलो मेला आयोजक समितिका अध्यक्ष अर्पण राईले सुरक्षाकर्मी, राजनीतिक दल र धार्मिक संस्थाहरूबाट मेलालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग प्राप्त हुने अपेक्षा गरिएको बताएका छन् ।

उनले मेलामा मदिरा र जुवातास जस्ता कानूनले निषेध गरेका कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले पैसा कमाउन नभएर कनकाईको धार्मिक महत्वलाई प्रबर्धन गर्न आयोजक समितिले आफ्नो सम्पूर्ण शक्ति लगाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: