माईधार र घैंलाडुब्बामा माछापुच्छ्रे बैंकको उपशाखा

  प्रकाशित मिति
१३ पुष २०७७, सोमबार १६:५५


झापा, १३ पुस । माछापुच्छ्रे बैंक लिमिटेडले आज एकैदिन झापाको दुई स्थानमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।

बैंकले १४८ उपशाखाको रुपमा कनकाई नगरपालिका–९ स्थित घैलाडुब्बा बजारमा र १४९औं उपशाखाको रुपमा शिवसताक्षी नगरपालिका–१० माईधार बजारमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो ।

घैंलाडुब्बा उपशाखाको कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले उद्घाटन गरेका थिए । उपशाखा भएपनि घैलाडुब्बाबाट बैंक सम्बन्धि सबै आर्थिक कारोबार गर्न सकिने बैंकका सुरुङ्गा शाखा प्रमुख खगेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

खाता खोल्ने, नगद जम्मा, एटीएम सेवा, रेमिट्यान्सलगायतका आर्थिक क्रियाकलाप उपशाखाबाट गर्न सकिने श्रेष्ठले बताए । उक्त कार्यका लागि उपशाखामा बैंकिङ डिभाइस राखिएको छ ।

बैंकि¨ डिभाइस कार्यक्रमका प्रमुख अतिथि मेयर पोखरेलले उपशाखा घैलाडुब्बाका इन्चार्ज अभय राजवंशीलाई हस्तान्तरण गरेका थिए । माछापुच्छ्रे बैंक प्रदेश १ का उपप्रमुख मुकेश थापाका अनुसार देशभरी बैंकको १४९ उपशाखा, १६० शाखा र १९८ स्थानबाट एटीएम सेवा प्रवाह गरिदैँछ ।

सुरुङ्गा शाखाका प्रमुख खगेन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा भएको घैंलाडुब्बा उपशाखा उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मेयर पोखरेल, विशिष्ठ अतिथि कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाई, कनकाई–९ का वडाध्यक्ष प्रेमप्रसाद राजवंशी, बैंकका प्रदेश उपप्रमुख मुकेश थापा, घैंलाडुब्बा बजार व्यवस्थापन समिति अध्यक्ष गोविन्द श्रेष्ठ, उद्योग वाणिज्य संघ कनकाईका उपाध्यक्ष अर्जुन बोहोरा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य उपशाखाका इन्चार्ज अभय राजवंशीले गरेका थिए । कार्यक्रममा उपस्थित व्यवसायी तथा स्थानीयबासीले घैंलाडुब्बामा ‘क’ वर्गको बैंकको शाखा कार्यालय नभएकोले माछापुच्छ्रे बैंकले उपशाखा नभई शाखा कार्यालय नै विस्तार गर्नुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: