माओबादीका पूर्व लडाकु संगठनहरु ओली नेतृत्वको नेकपामा समाहित भएको दावी

  प्रकाशित मिति
१० माघ २०७७, शनिबार २१:१५


काठमाडौं, १० माघ । जनयुद्धकालीन जनमुक्ति सेनाका पूर्व लडाकु, वहिगर्मित सेना र वाल सैनिकहरुको संगठन ओली नेतृत्वको नेकपामा समाहित भएको घोषणा गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज दिउँसो बालुवाटरमा आयोजना भएको एक कार्यक्रममा ती संगठनका नेताहरुले ओलीका कदमहरुलाई समर्थन जनाउँदै समाहित भएको घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूलाई नेतृत्वबाट विगतमा जस्तो धोका नहुने आश्वासन दिदै जनयुद्धमा उनीहरुले गरेको बलिदान, त्याग र योगदानप्रति उच्च सम्मान रहेको बताए ।

नेकपाका अध्यक्ष समेत रहेका ओलीले पूर्वजनमुक्ति सेनाहरुका भावना नेतृत्वले दुरुपयोग गरेको भन्दै आफूले राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रचण्ड–नेपाल पक्षधर नेकपा केन्द्रीय सदस्य लिलवहादुर थापासहित पूर्व लडाकु कमाण्डरहरु शनिवार बालुवाटर पुगेका थिए ।

पूर्व लडाकु संगठनका अध्यक्ष टुकवहादुर थापा (अर्जुन) र वहिर्गमित वाल सैनिक संगठनका लेनिन विष्ट सहितका पदाधिकारीहरुले ओली पक्षमा लागेको घोषणा गरे ।

नेकपा नेता थापाले पूर्वजनमुक्ति सेनाका कमाण्डरहरुले प्रचण्डबाट पटक पटक धोका भएको र आफ्नो मात्र स्वार्थ हेर्ने गरेका कारण आफुहरुसँगै बस्ने अवस्था नरहेको बताएका थिए ।

(स्रोत ः जनता टाइम्स)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: