माओबादीले माग्यो दुई सिट

  प्रकाशित मिति
२३ आश्विन २०७४, सोमबार २२:१८


ram karkiमेचीनगर । नेकपा माओबादी केन्द्रले प्रतिनिधिसभाको प्रत्यक्ष चुनावतर्फ झापामा २ वटा सिट मागेको छ ।

नेकपा एमाले र माओबादी केन्द्रविच चुनावी तालमेल हुने निश्चित भए पनि हाल उम्मेद्वार बाँडफाँट टुङ्गो लागिसकेको छैन ।

सिट बाँडफाँटका लागि गठित कार्यदलमा माओबादी केन्द्रले झापाको ५ सिटमध्ये प्रतिनिधिसभाको २ सिट मागेको स्रोतले जनाएको छ ।
तर नेकपा एमालेले आफ्नो प्रभाव क्षेत्र भएकाले झापामा माओबादीलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सिट मात्र दिन सकिने बताएको बुझिएको छ ।

दुई दलविच आसन्न चुनावमा तालमेल गर्ने र चुनावपछि पार्टी एकीकरण गर्ने सहमति बनेको छ ।

झापामा दुबै दलले आफ्ना उम्मेद्वारहरुको नाम तल्ला कमिटीहरुबाट अनुमोदन गराइसकेका छन् । अब तालमेल बमोजिम केन्द्रबाटै उम्मेद्वार तोकिने छन् ।

माओबादी केन्द्रले राम कार्की र धर्मशीला चापागाइँका लागि झापामा सिट सुरक्षित गरिनु पर्ने अडान राखेको छ । त्यसका लागि झापाको क्षेत्र नं. १, २ र ३ मध्ये जुनसुकै दुई वटा क्षेत्र दिए हुने माओबादीको प्रस्ताव छ ।

आफ्नो पार्टीमा नेतृ चापागाइँ निर्वाचन क्षेत्र नं. ३ बाट र नेता कार्की क्षेत्र नं. २ बाट उम्मेद्वार सिफारिस भएका छन् ।

dharmashilaनाम २ नं. बाट सिफारिस भए तापनि राम कार्कीले क्षेत्र नं. १ मा आउन चाहेका छन् भने चापागाइँ ३ नं. क्षेत्रबाटै चुनावमा उठ्न चाहन्छिन् ।

माओबादीलाई झापामा प्रतिनिधिसभातर्फ २ सिट दिदा बाँकी रहेको ३ सिटमा कसलाई दिने र कसको खोस्ने भन्ने समस्या उत्पन्न हुने एमालेको चिन्ता छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओली ५ नं. क्षेत्रबाट र युवा नेता एलपी साँवा ४ नं. क्षेत्रबाट पहिल्यै निश्चित भइसकेका छन् भने ३ मा पुष्पराज पोखरेल, २ मा पवित्रा खरेल र १ मा गोपाल बुढाथोकीको नाम सर्वसम्मत रुपमा सिफारिस भइसकेको छ ।

राम कार्कीले ताकेको क्षेत्र नं. १ मा गोपाल बुढाथोकीको र क्षेत्र नं. २ मा पवित्रा खरेलको भाग खोस्न कठिन छ ।

एमालेका प्रभावशाली नेता रविन कोइरालाले आफु नउठी क्षेत्र नं. १ बाट यसपटक बुढाथोकीलाई उम्मेद्वार बनाएका छन् । रामचन्द उप्रेती, विष्णु प्रसाइँ जस्ता हस्तीहरुले बुढाथोकीलाई निर्विवाद समर्थन गरिसकेका छन् । यस्तो अवस्थामा कार्कीको आगमन सुखद नहुन सक्ने अनुमान एमालेभित्रै लगाउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: