माओबादी जुलुसबाटै हराएका युवक भेटिए

  प्रकाशित मिति
७ असार २०७४, बुधबार ०९:३६


bedu limbu missingज्यामिरगढी । उम्मेद्वारको मनोनयन दर्ताका दिन माओबादी केन्द्रको जुलुसमा सहभागी बने लगत्तैदेखि हराइरहेका सुस्तमनस्थितिका एक युवक दुई दिनपछि फेला परेका छन् ।

मेचीनगर–१५, ज्यामिरगढी (माघाहाङ वस्ती)का २१ वर्षीय बेदु लिम्बु असार ४ गते दिउँसो इटाभट्टास्थित मेचीनगर नगरपालिकामा माओबादीको जुलुस प्रदर्शनपछि वेपत्ता भएका थिए ।

हराएको तेस्रो दिन मङ्गलवार दिउँसो इटाभट्टाबाट काँकरभिट्टातर्फ गइरहेको अवस्थामा बेदुलाई सकुशल फेला पारिएको उनका बुवा मानबहादुर लिम्बुले बताए ।
हराएको रात खुट्टेडाँगीको कमलचोकमा घुमिरहेको अवस्थामा उनलाई देखेर गाउँलेले प्रहरी बोलाएर जिम्मा लगाएका थिए ।

इलाका प्रहरी कार्यालय धुलावारीको टोलीले कमलचोकबाट उद्धार गरी थानामा ल्याएर राखेका बेदुलाई भोलिपल्ट विहान स्थानीयको रोहवरमा छाडिदिएको थियो ।
नाम ठेगाना केही बताउन नसक्ने उनलाई प्रहरीले वेवारिसे भनी छाडिदिएको थियो ।

‘माओबादीको जुलुसमा गएको थियो, फर्केर घर नआएपछि खोजी गरेका हौँ’, बेदुका बाबु मानबहादुरले भने–‘पालिया खोलातिरबाट काँकरभिट्टा जाँदै गर्दा फेला पारेका छौँ ।’

नाम ठेगाना बताउन नसक्ने, च्यार्च्यारे चप्पल लगाएको, भेस्ट र पेन्ट लगाएको गहुँगोरो वर्णको बेदु ज्यामिरगढीबाट माओबादी कार्यकर्तासँगै रहरले हँसियाहथौडा भेस्ट लगाएर उम्मेद्वार मनोनयनको जुलुसमा सहभागी बन्न इटाभट्टा गएका थिए ।
हराएको जानकारी पाएपछि पार्टीका स्थानीय नेता, परिवारजन र प्रहरीले खोजी कार्य तीब्र पारेका थिए ।

पार्टीका एक नेताले दिएको जानकारी अनुसार सुस्त मनस्थिति भएका बेदु मनोनयनको वृहत जुलुसमा सहभागी भएपछि अत्याधिक भीडका कारण स्थानीय कार्यकर्ताबाट छिन्नभिन्न भएका थिए । अरु कार्यकर्ता आआफ्नो घर फर्के पनि उनी सो दिन घर नफर्केपछि खोजी सुरु गरिएको थियो ।
इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक राकेश थापाले गाउँलेको खबर अनुसार राति कमलचोकबाट उद्धार गरेर प्रहरी टोलीले बेदुलाई धुलावारी थानामा सुरक्षित राखेको तर विहान स्थानीयको रोहवरमा छाडिएको बताए ।

बेदुलाई मङ्गलवार अपरान्ह ज्यामिरगढीस्थित घर पुर्याइएको छ ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)
………………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: