माओवादी मन्त्रीले बुझाए राजीनामा

  प्रकाशित मिति
२९ असार २०७३, बुधबार १३:५९


झापा असार २९ । माओवादी मन्त्रीहरुको तर्फबाट प्रधानमन्त्री केपी ओलीलाई उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सामूहिक राजीनामा बुझाएका छन् । माओवादीका तर्फबाट सरकारमा नेतृत्व गर्न गएका रायमाझीले ओलीलाई सबै मन्त्रीहरुको राजीनामा एकमुष्ठ बुझाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा पत्र बुझाउन गएका रायमाझी जम्मा पाँच मिनेटमात्रै बसेका थिए । पत्र बुझेपछि ओलीले भने, ‘तपाईंहरुले जे गर्नुभयो, ठिक गर्नुभएन ।’

रायमाझीले आफूलाई अध्यक्ष पुष्पकमल दाहालले पठाएको भन्दै पत्र बुझाएका थिए । स्रोतका अनुसार उनले ओलीलाई भने, ‘नौ महिना सँगै बसियो कमरेड, अब थप काम गर्ने परिस्थिति बनेन । पार्टीको निर्णय भएपछि म पत्र लिएर आएको हुँ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: