माक्र्सवाद अध्ययन केन्द्र हल्दीबारीको अध्यक्षमा अबिषेक

  प्रकाशित मिति
१० आश्विन २०७७, शनिबार १९:२०


मेचीनगर, १० असोज । झापाका सामाजिक युवा अभियन्ता अबिषेक खतिवडा माक्र्सवाद अध्ययन केन्द्र (आइसिडि) हल्दीबारीको अध्यक्षमा चयन भएका छन् ।

माक्र्सवाद अध्ययन केन्द्र झापाले हल्दिबारी गाउँ कमिटीको अध्यक्षमा खतिवडालाई चयन गरेको हो ।

समितिको उपाध्यक्षमा भावना पुरी, सचिबमा बिजय राई, सहसचिवमा अनुषा भण्डारी र कोषाध्यक्षमा सबिन कार्की तथा सदस्यहरुमा बिबेक पुरी, देव अधिकारी, बिबेक खतिवडा, स्वस्तिका राउत, केदार वन र सोमराज गिरी रहेको आइसिडि हल्दीबारी गाउँपालिका इन्चार्ज बलराम गिरीले बताए ।

विद्यार्थीलाई माक्र्सवादको बिषयमा बुझाउन नेकपाले केन्द्र, जिल्ला, प्रदेश, क्षेत्र हुँदै विभिन्न पालिकामा गठन प्रकृया तिब्ररुपमा भइरहेको जनाईएको छ ।

माक्र्सवादको धारमा रहेर विद्यार्थीलाई अध्ययनका लागि सहयोग पुग्ने उद्देश्यले स्थापना भएको संस्थाले ७७ जिल्लामा आफ्नो शाखा बिस्तार गर्ने क्रममा झापाको हल्दीबारीमा पनि गरिएको छ ।

अध्यक्ष खतिवडाले आइसिडिलाई स्थानीय स्तरबाटै समाज परिवर्तन गर्ने अभियानलाई जिल्लाभरि प्रचार प्रसार गर्न आफू सधै तल्लिन रहने बताए ।

उनले जिल्लाका सम्पूर्ण युवा विद्यार्थी र अग्रज राजनीतिक व्यक्तित्वहरुलाई सम्मान गर्दै संस्थालाई अघि बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: