मागुरमाडीमा खिचिएको ‘कमेरोले पोतेको’ गीतहिट

  प्रकाशित मिति
१० फाल्गुन २०७६, शनिबार १८:२१


झापा । कलिलै उमेरमा एकल साङ्गीतिक प्रस्तुती दिएकी स्मीता दाहालले अहिले आफ्नो छुट्टै चिनारी बनाइसकेकी छिन् ।

उनै स्मीताले ‘माछीले खाने खोलीको लेउ’ फेम गायक सरोज ओलीसँग स्वर मिलाएकी छिन् । गीतको बोल छ, ‘कमेरोले पोतेको ।’

गीतका सर्जक हुन्, दिनेश थपलिया । थपलिया प्रमुख निर्वाचन आयुक्त हुन् ।

उक्त गीतमा कार्टुन क्रुका कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्मा तथा चर्चित युट्युवर जिवेश गुरुङको अभियन रहेको छ ।

‘कमेरोले पोतेको दुई तलाको घर’ गीतमा दिपक शर्माको सङ्गीत रहेको छ । एरेन्जमा उदयराज पौडेल, मिक्सिङ श्याम स्वोयत रसाइलीको रहेको छ ।

नवराज उप्रेतीले छायाङ्कन गरेको गीतको सम्पादन अमन मानन्धरले गरेका हुन् । कोरियोग्राफर विक्रम सुनार रहेको गीतलाई गायक सरोज ओलीले निर्देशन गरेका छन् । गीतलाई शुभ मिडिया होमले निर्माण गरेको हो ।

गीतको भिडियोको सुटिङ झापाको धुलावारी, मागुरमाडीमा परम्परागत घरहरु निर्माण गरी अत्याधुनिक प्रविधि प्रयोगसहित गरिएको निर्देशक ओलीले जानकारी दिए ।

गायक ओली मेचीनगर निवासी हुन् । अहिले उक्त गीत धेरै हिट भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: