मागुरमाडी सिमसार क्षेत्र पर्यटकका लागि खुला

  प्रकाशित मिति
२० पुष २०७८, मंगलवार १९:५६


मेचीनगर, २० पुस । मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं. १ को २६ औं वार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ ।
साथै, सोही अवसरमा पर्यटकीय सिमसार क्षेत्रको उद्घाटन समेत गरिएको छ । उद्घाटनसँगै वन समूहको सिमसार क्षेत्र पर्यटकका लागि खुला भएको छ । साधारण सभा तथा पर्यटकीय सिमसार क्षेत्रको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गरेका हुन् ।

वन समूहका अध्यक्ष अम्बरबहादुर लिम्बूले साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उपभोक्ताको हितमा ल्याइएका कार्यक्रमहरु सम्पन्न गरिएको उल्लेख छ । यस्तै, वन समूह परिसरमा रहेको मागुरमाडी पर्यापर्यटन सिमसार क्षेत्रलाई सञ्चालनमा ल्याउन सकिएको उल्लेख छ ।

समूहका अध्यक्ष लिम्बूको अध्यक्षतामा सम्पन्न साधारण सभामा नगर प्रमुख आचार्यले वन समूह र नगरपालिकाबीचको समन्वयमा वन विकास गर्न सकिने बताए । उनले मेचीनगर क्षेत्रभित्र रहेका वनहरुको गतिविधिलाई समेटेर नगरपालिकाले पुस्तक सार्वजनिक गर्न लागेको जानकारी दिए ।

कार्यक्रममा मेचीनगरकी उपप्रमुख मीना पोखरेल उप्रेती, जिल्ला वन उपभोक्ता महासंघ झापा अध्यक्ष वेदप्रकाश भण्डारी, मेची सव डिभिजन कार्यालयका प्रमुख राजन राई, मेचीनगर वडा नं. ९ का वडाध्यक्ष गोपाल खड्का, वडा सदस्य इन्द्र प्रधान, खुट्टीडाँगी सामुदायिक वनका अध्यक्ष टंकबहादुर नेपाल लगायतले बोलेका थिए ।

वन समूहका उपाध्यक्ष जोखेन मेचेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव कमला गौतमले गरेकी थिइन् । वार्षिक साधारण सभाको अवसरमा उपभोक्तालाई सिमसार क्षेत्रमा पिकनिकको आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: