विर्तामोड । बीएन्डसी टिचिङ हस्पिटल विर्तामोडले सर्वसाधारणलाई एमआरआइ सेवा आगामी माघ १ गतेसम्म सहुलियतमै उपलब्ध गराउने भएको छ ।
हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीका अनुसार ७ हजार ८ सय रुपैयाँ शुल्कमा एमआरआइ सेवा पाइने भएको हो ।
बीएन्डसीमा १.५ टेस्ला क्षमताको अत्याधुनिक एमआरआइ मेशिन सञ्चालनमा ल्याइएको छ । यो मेशिन ल्याए पछि पूर्वी नेपालका बासिन्दाले एमआरआइ सेवा लिन भारतको सिलगढी, काठमाडौँ, धरान र विराटनगर धाइरहनु नपर्ने भएको छ ।
भारतमा यो सेवा लिन १२ देखि १५ हजार भारु तिर्नु पर्ने हुन्छ । तर नेपालमै सस्तो र भारतको तुलनामा भरपर्दो सेवा उपलब्ध भएको छ ।