झापा, २६ असोज । छ्यामा (सानीआमा)को घरमा पाहुना आएका बेला घर नजिकको नालामा करेन्ट लगाएर माछा मार्दा २४ वर्षीय शिव तुम्वाहाम्फेको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पाँचथरको फिदिम घर भएका ती युवा विर्तामोडस्थित छ्यामाको घरमा केही दिन अघिदेखि रहँदै आएका थिए ।
आइतवार साँझ ६ बजेतिर उनी साथीको लहैलहैमा लागेर माछा मार्न गएका थिए । करेन्ट लगाएको अवस्थामा उनी र उनका साथी हरिप्रसाद रिमाललाई अचानक करेन्टको झट्का लागेको थियो ।
शिव तुम्वाहाम्फेको घटनास्थलमै मृत्यु भएको र उनका साथी रिमालको बीएन्डसी हस्पिटलमा उपचार भइरहेका प्रहरीले जनाएको छ ।
(करेन्ट लगाएर माछा मार्दै गरेको दृश्य देखाउन प्रयोग गरिएको माथिको फोटो घटनासँग सम्बन्धित होइन ।)