माटो बिनै फल्यो काक्रो

  प्रकाशित मिति
३१ श्रावण २०७३, सोमबार १४:३९


kakra 2
(यो समाचारसँग मिल्दोजुल्दो फोटो मात्र हो ।)

झापा । तपाई पत्याउनुहुन्छ ? कुनै कृषि उपजको उत्पादन माटो बिना पनि हुन्छ भनेर । तर काभ्रेपलाञ्चोकमा एकजना कृषकले नेपालमै पहिलो पटक माटो बिना नै काँक्रो उत्पादन गरेका छन् ।

जिल्लाको उग्रचण्डीनाला गाविस–१ मा नेपाल इन्ट्रिग्रेटेड मोडेल एग्रो फार्म प्रालिले उत्पादन गरेको काँक्रो झट्ट हेर्दा घिराँैला जस्तो देखिए पनि स्वादमासमेत फरक पाउन सकिन्छ ।

माटोमा फलाएको जस्तो ठूलो आकारको नहुने काँक्रोको उत्पादन गमलामा जैविक मल र नरिवलको जटाबाट निर्माण गरिएको ‘कोकोपिट’को मिश्रणबाट भएको फार्मका सञ्चालक सिंहबहादुर कर्माचार्यले बताए ।

यसको तौल बढीमा आधा किलो हुन्छ । उनले कृषिमा अत्याधुनिक प्रविधिमार्फत इजरायलबाट ल्याएको प्रविधि परीक्षणको रुपमा उत्पादन भएको उल्लेख गर्दै त्यसका लागि राष्ट्रिय कृषि अनुसन्धान विकास कोष (नाडेफ)ले ३० लाख रुपैयाँ अनुदान सहयोग गरेको जानकारी दिए । फार्मको ६ सय ५० गमलामा ‘इङलिस कुकम्बर’ जातको काँक्रा रोपिएको छ ।

प्लास्टिक गमलामा २५ प्रतिशत जैविक मल र ७५ प्रतिशत नरिवलको जटाबाट निर्माण गरिएको (कोकोपिट) को मिश्रणमा काँक्रो रोपेको उनले बताए । फार्म सञ्चालक सिंहले यो प्रविधि नेपालमा सफल भएको बताउँदै हावा चल्ने जुनसुकै ठाँउमा हुनसक्ने जानकारी दिए ।

करिब दुई रोपनी क्षेत्रफलमा टनेलभित्र भएको काँक्राको उत्पादन झन्डै ६ महिनाको अवधिमा दोस्रो पटक हो । रोपेको ३५ दिनमा खानयोग्य हुने काँक्रोमा कुनै विषादी प्रयोग भएको छैन ।

उनले यसलाई बजारको माग अनुसार अझै विस्तार गर्ने लक्ष्य भएको जानकारी दिँदै अर्गानिक उत्पादनका बारेमा उपभोक्ता नै सचेत नभएकाले बजारमा समस्या आएको गुनासो गरे । यो काँक्रो अहिले प्रतिकिलो ७० रुपैयाँमा बिक्री भएको छ ।

काठमाडौँको माछापोखरीमा ‘सलोम एग्रिकल्चर प्रालि’ सञ्चालन गरेका अधिकारीले नेपालमा पहिलो पटक माटो बिना काँक्रा उत्पादन गर्ने इजरायली प्रविधि भित्र्याएको जानकारी दिँदै काठमाडौँमा अधिकांशले कौसीमा यस्तो खेती गरेको बताए ।

नौ वर्षसम्म इजरायलको गमला फार्मिङमा काम गरेर अनुभव सङ्गालेका अधिकारीले विश्वका धेरै देशमा माटो बिना नै खेती भएको औल्याउँदै सुरुमा लगानी बढी हुनसक्ने तर यसले दिगो लाभ दिने बताए ।

खाद्य तत्व बिरुवालाई पुगेपछि पानीमा पनि कृषि उत्पादन हुनसक्ने उनको तर्क छ । अधिकारीले यस्तो प्रविधिको खेती नेपालमा तीन वर्षअघि सुरु भएको उल्लेख गर्दै काठमाडौँ बाहेक पोखरा, पाँचथर र लमजुङमा समेत यस्तो प्रविधिको खेती भइरहेको जानकारी दिए ।

माटो खुकुलो हुन्छ, झारपात उम्रने समस्या हुदँैन एक पटक प्रयोग गरेको कोकोपिट चार वर्षसम्म पुनःप्रयोग गर्न सकिने उनको भनाइ छ । एउटा बिरुवाका लागि कम्तीमा १ सय रुपैयाँ लगानी हुन्छ ।

(२०७३ साउन ३० गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

(यो फोटो समाचारसँग मिल्दोजुल्दो मात्र हो, ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: