माथ्लो मागुरमाडी बनमा नेकपाको वर्चस्व

  प्रकाशित मिति
१ माघ २०७६, बुधबार ११:४४


मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन विट नम्बर २ को अध्यक्षमा प्रगतिशील प्यानलका बमबहादुर मगर निर्वाचित भएका छन् ।

वनको मङ्गलबार सम्पन्न निर्वाचनबाट मगर अध्यक्षमा निर्वाचित भएका हुन् । उनी नेकपा निकट उपभोक्ता हुन् । मगरले ११० मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी लोकतान्त्रिकका टङ्कबहादुर श्रेष्ठले ८१ मत मात्र प्राप्त गरेका थिए ।

उपाध्यक्षमा प्रगतिशीलका राजन खड्काले ११५ मत ल्याई विजयी भए भने उनका प्रतिस्पर्धी राजेन्द्र थपलियाले ७८ मतमा चित्त बुझाउनु परेको थियो । सचिवमा प्रगतिशीलकी शान्ति राई ११५ मत ल्याई विजयी भइन् । उनका प्रतिस्पर्धी विमला सिन्जाली मगरले ७६ मत मात्र प्राप्त गरिन् । सहसचिवमा प्रगतिशीलकी निर्मला सार्कीले ११४ मत ल्याई विजयी भइन् भने उनका प्रतिस्पर्धी कल्पना अधिकारीले ७९ मत ल्याएकी थिइन् ।

त्यस्तै, कोषाध्यक्षमा प्रगतिशीलका राजन चिमरियाले १०७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी टिका ढकालले ८४ मत मात्र प्राप्त गरेको निर्वाचन समितिका सचिव ठाकुर अधिकारीले जानकारी दिए ।

क्षेत्र नम्बर १ बाट ४० मत मध्ये मोहन भट्टराईले २३ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिस्पर्धी गजेन्द्रप्रसाद गौतमले १६ मतमा चित्त बुझाए । यसअघि क्षेत्र नम्बर २ बाट दधिराम खरेल र खेमकुमारी चिमरिया, क्षेत्र नम्बर ३ बाट टिकाबहादुर लुङ्गेली मगर र खगीमाया मगर, क्षेत्र नम्बर ४ बाट डिल्लीराम भण्डारी र रञ्जना लिम्बु तथा क्षेत्र नम्बर ५ बाट मिनु घोर्साइँ तामाङ र चित्रा तामाङ सदस्यमा सर्वसम्मत भइसकेका छन् ।

सर्वसम्मत भएकाहरु मध्ये क्षेत्र नम्बर २ बाट दधिराम खरेल र क्षेत्र नम्बर १ बाट नेपाली काङ्ग्रेसको लोकतान्त्रिक प्यानलका निर्वाचित सदस्य र बाँकी सबै पदाधिकारी र सदस्यहरु प्रगतिशील प्यानलका हुन् ।

२१२ जना उपभोक्ता रहेको बनमा २ सय जनाले मतदान गरेकोमा २ मत बदर भएको निर्वाचन समितिका सचिव अधिकारीले बताए । मङ्गलबार बिहान ८ बजेदेखि सुरु मतदान दिउँसो २ बजे सम्पन्न भएको थियो ।

दिउँसो ३ बजे सुरु मतगणना ५ बजे सम्पन्न भएको उनले बताए । बनको ३ वर्षे कार्यकालका लागि १५ जनाको नयाँ कार्यसमिति निर्वाचित भएको निर्वाचन समितिका संयोजक इन्दिरा कार्की भण्डारीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: