मादकपदार्थ सेवन गरेका सचिव पक्राउ

  प्रकाशित मिति
४ आश्विन २०७३, मंगलवार १८:२८


drink-wineझापा । मादकपदार्थ सेवन गरेर कार्यालय पुगेका एक सचिव झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिविस झापामा कार्यरत सचिव तारानाथ दाहाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।

मादकपदार्थ सेवन गरेर कार्यालय आएपछि उनलाई स्थानीय विकास अधिकारी खेमराज ओझाले प्रहरीलाई बोलाएर जिम्मा लगाउनुभएको थियो । दिनहुँजसो कार्यालय समयभन्दा ढिलो गरी अफिस आउने, मादकपदार्थ सेवन गरेर अफिसमा होहल्ला गर्ने र निर्धारत पोसाकमा कार्यालय नआएपछि उनलाई प्रहरीलाई बोलाएर जिम्मा लगाएको स्थानीय विकास अधिकारी ओझाले बताए ।

पक्राउ परेका सचिव मंगलबार मादकपदार्थ सेवन गरेर होहल्ला गर्दै हाफपाइन्टमा अफिस आएका थिए । अफिस आएलगत्तै उनलाई स्थानीय विकास अधिकारी आफैँले प्रहरीलाई खबर गरी पक्राउ गर्न निर्देशन दिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: