मानवअधिकार उल्लघनका घटनाहरु बढ्यो : कानून व्यवसायी

  प्रकाशित मिति
२५ मंसिर २०७७, बिहीबार १८:३१


भद्रपुर, २५ मंसिर । झापाका कानून व्यावसायीहरुले बर्तमान सरकारको चरम लापर्वाहीका कारण दिनदिनै देशमा मानवअधिकार उल्लघनका घट्नाहरु बढिरहेको बताएका छन् ।

७२औं विश्व अन्तरराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार तथा जनसरोकार समिति नेपाल वार एशोसिएसन झापाद्धारा बिहीवार चन्द्रगढीमा आयोजीत कार्यक्रममा सहभागी झापाली कानून व्यवसायीहरुले यस्तो कुरा बताएका हुन् ।

कोभिड–१९ मा मानव अधिकारको बर्तमान अवस्था र कानून व्यावसायीहरुको भुमीका विषयक कार्यक्रमका सहभागि अधिकांश कानुन व्यावसायीले राज्यले मानव अधिकार उल्लघनकर्ताको संरक्षण गरेर राज्य आफैले अधिकार उल्लघनलाई बढवा दिएको बताएका छन् ।

कार्यक्रममा नेपाल वार एशोसिएसनका पूर्व उपाध्यक्ष अशोककुमार पोखरेलले सरकारको गैर जिम्मेवारीपनका कारण कोभिडका विमारीहरुले सहि उपचार पाउन नसकेको भन्दै वर्तमान सरकारले नागरिकको स्वास्थ्य माथि खेलवाड गरेको बताए । उनले सरकार जनता प्रति जिम्मेवार बन्न नसकेको आरोप समेत लगाए ।

झापा वारका पूर्व अध्यक्ष गजेन्द्र आचार्यले पश्चिमी देशहरुमा समेत मानव अधिकार हनन् हुने गरेको वताउँदै राज्यसत्ताको कमजोरीका कारण अधिकार उल्लघनका घट्नाहरु घट्ने गरेको दावी गरे ।

उनले पूर्वीय संस्कारलाई भुलेकै कारण उल्लघनका घट्ना घट्ने गरेको बताउँदै संघीय सरकारको कमजोरीका कारण नेपाली जनताले न्याय पाउन नसकेको बताए ।

कार्यक्रममा झापा वारका अध्यक्ष लेखनाथ निरौला, पूर्व अध्यक्षहरु अमृतकुमार बुढाथोकी, सुरज खत्री, कानुन व्यावसायीहरु बसन्त नेपाल, हेमकला कट्टेल लगायतले मानवअधिकार उल्लघनका घटना नियन्त्रण गर्न सरकार, नागरिक समाज लगायत सरोकारवाला निकायहरु प्रतिवद्ध भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।

समिति संयोजक यज्ञलक्ष्मी चौंम्लागाइको सभापतित्व, स्वागत ज्ञानेन्द्रबहादर कार्की र सञ्चालन सचिव चुडामणि पराजुलीले गरेका थिए ।

।। रेवतीराज घिमिरे ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: